२०८० असोज ९ गते मङ्गलवार

सवारी साधनमा लेखिएका साहित्यको गहन अर्थ



असोज १५।

ज्ञान लिन को लागि स्कूल कलेज वा विश्वविद्यालयको धाउनुपर्छ भन्ने छैन।
कहिलेकाहीं कुनै घटना कुनै विचार कुनै पोस्टरले पनि मानिसको जिन्दगीमा केही परिवर्तन ल्याउन महत्वपूर्ण भूमिका खेल्दछ। सवारीसाधनको पछाडि वा अगाडिका भागमा लेखिएका कुनै त्यस्ता वाणीहरु वा भनाइहरूले हामीहरुलाई केही ज्ञान प्रेरणा दिने गर्दछ। कहिलेकाहीँ हामीहरु ती बाणि वा भनाइ हरु लाई देखेर पनि नदेखेको जस्तो गरी व्यवास्ता गर्ने गर्दछौं तर त्यसभित्र गहिरो अर्थ लुकेको हुन्छ।

मूर्खसँग किताब बोकेर हिँड्नु भन्दा
विद्वानसँग भारीबोकेर हिँड्नु बेस ।

यो रचान सुप प्रदेश ०१–००१ क १८३१ न को ट्रकमा लेखीएको एक उद्दरन हो । मन छोएर पोस्ट गरेको। सवारीसाधनको छेउछाउमा लेखिएका ती वाणी हरुलाई एक पटक पढेर आत्मसात गर्ने बानीको विकास गर्नु पर्दछ।

प्रकाशित मिति : २०७८ असोज १५ गते शुक्रवार