२०८० चैत्र १६ गते शुक्रवार

जनपत्रकार संगठनको प्रथम प्रदेश सम्मेलन सम्पन्न :२१ सदस्यीय प्रदेश समिति निर्बाचित



असोज ११
जनपत्रकार संगठन नेपाल ,लुम्बिनी प्रदेशको को प्रथम प्रदेश सम्मेलन घोराहीमा सम्पन्न भएको छ।


जनपत्रकार संगठन लुम्बिनी प्रदेश सम्योजक एबम जनपत्रकार संगठनका केन्द्रीय सदस्य दिपेश बिष्टको अध्यक्षता एबम ने क पा का केन्द्रिय सदस्य एबम दाङ जिल्ला इन्चार्ज शितल को प्रमुख आतिथ्यता मा कार्यक्रम सम्पन्न भएको छ।

कार्यक्रम को उद्दघाटन समारोहामा स्वागत मतब्य दिदै प्रमुख अतिथि शितल ले जनताको आवाज बुलन्द पार्न र जनताको मुद्धा लाई स्थापित गर्न कलम चलाउन अनुरोध गर्नु भयो। उहाले बर्गिए पक्षिएधर्ताको रुपमा आवाज उठाउन यो सम्मेलन उपलब्धि मुलक बनोस भनी सुभकामना दिनु भयो।

उद्घाटन सत्र मा स्वागत मन्तव्य दिदै नया युगबोध नेपाल कि सम्पादक लक्ष्मी आचार्य ले पत्रकारिता मा ब्याबसाएक धर्म कायम गर्दै रूपान्तर को सम्बाह बन्न अनुरोध गर्नु भयो।त्यस्तै नेपाल पत्रकार महासंघ दाङ का अध्यक्ष दुर्गालाल के सि ले जनताको पक्षमा आवाज उठाउन अनुरोध गर्नु भएको थियो।समाजमा रहेका आवाज बिहिन को आवाज बन्न आग्रह गर्नु भयो। त्यस्तै प्रेस चौतारी लुम्बिनी का अध्यक्ष एबम नेपाल पत्रकार महासघ का निबर्तमान अध्यक्ष सबिन प्रयासन ले समाज रुपान्तरण को लागि दृढता पुर्बक कलम को माध्यम बाट खबरदारी गर्न अनुरोध गर्नु भयो।

स्वागत मन्तव्य दिदै जनपत्रकार संगठन का निबर्तमान अध्यक्ष प्रकाश डुम्रे ले सम्सदिय ब्यबस्था को विरुद्ध कलम चलाउन अनुरोध गर्नु भयो। बिकृत सम्सदिय ब्यबस्था ले अहिले को समस्या सृजना गरेको ले त्यसको विरुद्ध मा झुझारु रुपले उत्रनु जनपत्रकार को दायित्व रहेको बताउनु भयो।
त्यस्तै कार्यक्रम का विशिष्ट अतिथी एबम जनपत्रकार संगठन का केन्द्रिय अध्यक्ष शेर बहादुर बि क ले समाज रुपान्तरण को सबाहक रहेका जनपत्रकार ले समाज मा रहेका अन्याय, बिकृती, बिसङती , शोषण का विरुद्ध कलम को माध्यम बाट विषय उठाउन अनुरोध गर्नु भयो।
प्रथम सम्मेलनले दिपेश बिष्टलाई अध्यक्षमा निर्वाचित गरेको छ । दाङको घोराहीमा आइतबार सम्पन्न सम्मेलनको बन्दसत्रले २१ सदस्यीय प्रदेश समिति निर्वचित गरेको हो ।
समितिको उपाध्यक्षमा एक जना महिला थप्ने गरि राजेन्द्र रावत क्षेत्री (प्युठान), सचिवमा अनिल नेपाली (अर्घाखाँची), सह-सचिवमा केवी गुरुङ (रोल्पा) र बिहानी मगर (रुपन्देही), कोषाध्यक्षमा मुक्ति गैरे (पाल्पा) रहेका छन् भने अन्य रिक्त पदमा पछी थप हुनेगरि सदस्यहरुमा हर्क बहादुर घर्ति (रोल्पा), प्रदिप पाठक (नवलपरासी), प्रदिप राहादी मगर (रुपन्देही), किस्मा खड्का (पाल्पा), अयन बिक (अर्घाखाँची), डीबी खड्का (गुल्मी), हेमन्त प्रकाश वली (दाङ), अनिल थारु (कपिल बस्तु) निर्वाचित भएका छन् ।

प्रकाशित मिति : २०७८ असोज ११ गते सोमवार