
असोज ०८।
चितवन जिल्लामा पर्ने इच्छाकामना गाउँपालिका-५ नाग्दीखोलास्थित पृथ्वी राजमार्गमा काठमाडौंबाट पोखरातर्फ जाँदै गरेको कार त्रिशूली नदीमा खसेको छ । कार नदीमा खस्दा तीन जना बेपत्ता भएका छन् भने एक घाइते भएका छन् ।
बिहीबार राति ११ः४५ बजे कार अनियन्त्रित भई सडकबाट झण्डै ३५ मिटर तल नदीमा खसेको जिल्ला प्रहरी कार्यालयले चितवनले जानकारी दिएको छ ।
बताइएअनुसार घाइते हुनेमा पोखरा महानगरपालिका–१७ बस्ने ४६ वर्षीय रुद्रलाल सुवेदी रहेका छन् । उनको भरतपुरस्थित कलेज अफ मेडिकल साइन्सेज शिक्षण अस्पताल (पुरानो मेडिकल कलेज)मा उपचार भइरहेको छ । घाइतेको अवस्था मध्यम रहेको छ ।
प्रकाशित मिति : २०७८ असोज ८ गते शुक्रवार