२०८० चैत्र १६ गते शुक्रवार

मेस्सी को बहिर्गमन सगै बार्सिलोना लाई जित निकाल्न कठिन



असोज ०८

स्पेनिस ला लिगामा बार्सिलोना लगातार दोस्रो बराबरी खेलेको छ । अघिल्लो खेलमा ग्रानडासँग बराबरी खेलेको बार्सिलोनाले बिहीबार राति काडिजसँग गोलरहित बराबरी खेल्दै अङ्क बाँडेको हो ।

काडिजको मैदानमा दुवै टिमले गोल गर्न सकेनन् । तुलनात्मक रूपमा बार्सिलोनाभन्दा घरेलु टिमले राम्रो प्रदर्शन गरेको थियो । बार्सिलोनाले ६ सट्स प्रहार गर्दा काडिजले १३ सट्स प्रहार गरेको थियो ।
खेलको ६५औँ मिनेटमा फ्रेन्की डी योङले पहेँलो कार्डसहित रातो कार्ड पाएपछि बार्सिलोना १० खेलाडीमा सीमित बनेको थियो ।

अर्जेन्टिनी कप्तान लियोनल मेस्सीले बार्सिलोनासँग २१ वर्षे यात्रा अन्त्य गरेसँगै क्याटलान क्लब केही कमजोर बनेको छ । उसले पाँच खेल खेलेकोमध्ये दुई खेलमा जित र तीन खेलमा बराबरी खेलेको छ ।

बार्सिलोना नौ अङ्कसहित सातौँ स्थानमा छ भने कार्डिज ६ अङ्कसहित १४औँ स्थानमा छ । उसले ६ खेल खेलेको छ ।

प्रकाशित मिति : २०७८ असोज ८ गते शुक्रवार