२०८१ माघ २५ गते शनिवार

टिकटक बनाउने क्रममा सेतीमा खसेकी युवतीको आठ दिनपछि भेटियो शव



असोज ०५।
तनहुँको शुक्लागण्डकी नगरपालिकास्थित सेती नदीमा खसेर गत मंगलवार बेपत्ता भएकी एक युवतीको शव आठ दिनपछि फेला परेको छ। टिकटक बनाउने क्रममा शुक्लागण्डकी नगरपालिका-८ स्थित रक गार्डेनबाट सेती नदीमा खसेकी सोही ठाउँकी युवती आज मृत अवस्थामा फेला परेकी हुन्।

१९ वर्षीया पवित्रा लम्सालको शव भिमाद नगरपालिका-७ सेती नदीको किनार सिस्नेरी घाटमा फेला परेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक युवराज तिमिल्सिनाले जानकारी दिए। सेती नदी किनारमा शव देखेपछि स्थानीयवासीले प्रहरीलाई खबर गरेका थिए। मृतकको शव आफन्तले पहिचान गरेका छन्।
विवाह भएको पाँच दिनमा माइत आएकी उनी साथीहरुसँग घुम्ने क्रममा रक गार्डेनमा पुगेकी थिइन्। त्यस क्रममा साथीहरुले उनको भिडियो खिचेका थिए।

भिडियोमा ‘पवित्रा नजा नजा’ भनेको सार्वजनिक भएको थियो। घटनाका बारेमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति : २०७८ असोज ५ गते मङ्गलवार