
असोज ०५।
कर्णाली प्रदेश योजना आयोगका सदस्य योगेन्द्रबहादुर शाहीले राजीनामा दिएका छन् । मुख्यमन्त्री महेन्द्रबहादुर शाहीसमक्ष सोमबार दिउँसो राजीनामा बुझाएका हुन् ।
झण्डै तीन वर्षअघि आयोगको सदस्यमा नियुक्ति भएका शाहीले राजीनामा बुझाएका हुन् । उनले राजनीतिक अन्यौलता, उतारचढावप्रति वितृष्णा जागेकाले राजीनामा बुझाएको प्रतिक्रिया दिएका छन् ।
प्रकाशित मिति : २०७८ असोज ५ गते मङ्गलवार