२०८२ बैशाख ४ गते शुक्रवार

पदकमा ओलीको कटाक्षप्रति ‘प्रचण्ड’ पुत्री गंगाको आक्रोश



असोज ०४।
सरकारले संविधान दिवसका अवसरमा वितरण गरेको विभिन्न मानपदवी र पदकका विषयमा नेकपा एमालेका अध्यक्ष एवं प्रतिपक्ष दलका नेता केपी शर्मा ओलीले गरेको कटाक्षप्रति माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पुत्री गंगा दाहालले आक्रोश  ब्यक्त गरेकी छन् । 

उनले यस्तो लेखेकी छन


कमरेड ओलीलाई एउटा प्रश्न हाम्री आमा हिंजोका दर्दनाक दिनहरुमा कैंयौ दिनरात हिमाल, पहाडअनि तराईका खोल्सामा भोको पेटमाथि पटुका कसेर समाज परिवर्तनका निम्ति हिड्दै र लड्दै गर्दा तपाई त काठमाडांैमा बयलगाडाका कथा उट्पट्याङ शैलीमा सुनाएर दुनिया हसाँउदै हुनुहुन्थ्यो नि होईन र कमरेड ?’


खोई किन हो केपी ओलीहरुले बोल्न नसक्ने हाम्री आमाको भद्दा मज्जाक उडाउदै गर्दा आमाको संघर्ष र निधारको पसिना आज फेरि एकपटक सम्झिएकी छु । 
कमरेड प्रचण्डलाई आज विश्वले चिन्दछ, प्रचण्डलाईप्रचण्ड बनाउन सीता दाहालको त्यति नै भुमिका छ । तर ओलीहरुले यी कुरा बुझ्दैनन् । किनकि महिला केवल श्रीमती र दास मात्र हुन् तिनको आफ्नो कुनै पहिचान हुँदैन ।’


केपि ओलीले आज जे बोले त्यो ऊनको संस्कार हो, थाह छैन उनले समाजलाई के सिकाउन खोजेका छन् । ऊनी आज दिनरात मुखमा आएजति सामान्य मानिसले सुन्न नसकिने गरि बोल्छन किन कि उनी बिक्षिप्त छन् । केपी कमरेड क्रियाको प्रतिक्रिया मात्र दिएकी हुँ र एउटा सुझाव आत्मसन्तुष्टिको लागि अरुको भावनामाथि कहिल्यै नखेल्नुहोला । 
अन्तमा : परिवर्तनका निम्ति आफ्नो ज्यान कात्रोमा बाँधेर हिड्नुभएकी हाम्री आमालाई कुनै एक पदक सँग नतौलिईयोस् ।’

प्रकाशित मिति : २०७८ असोज ४ गते सोमवार