२०८० मङ्सिर २४ गते आइतवार

लुम्बिनी क्षेत्रमा तीन सय शैयाको बर्थिङ सेन्टर बनाउँछौँ’ – मुख्यमन्त्री केसी



असोज ०३ ।
लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले लुम्बिनी क्षेत्रमा सुविधायुक्त बर्थिङ सेन्टर बनाउने बताएका छन् । शनिवार लुम्बिनीमा आयोजित अन्तरक्रियामा बोल्दै मुख्यमन्त्री केसीले तीन सय शैयाको सुविधायुक्त बर्थिङ सेन्टर बनाउँने बताएका हुन् ।

लुम्बिनी प्रदेश सरकारले लुम्बिनीलाई प्रदेशकै साँस्कृतिक शहर बनाउँने, बुटवललाई औद्योगिक क्षेत्र बनाउने र प्रदेशका आम नागरिकलाई पायक पर्ने राप्ती उपत्यकामा प्रदेशको राजधानी निर्माण गरेको बताए । लुम्बिनी देशकै महत्वपूर्ण सम्पति भएको बताउँदै केसीले बुद्ध जन्मेदेखि मृत्युसम्मको सम्झना झल्किने गरी बुद्ध पार्क निर्माण गरिने समेत बताए ।

लुम्बिनी क्षेत्रलाई विकासका लागि साझा दायित्वको रुपमा अगाडि बढाउनको लागि एकीकृत गुरुयोजनामा निर्माण गरी अगाडि बढाईने बताउँदै केसीले पर्यटक आकर्षण गर्नका लागि लुम्बिनी क्षेत्रमा रहेको साँस्कृतिक एवं ऐतिहासिक सम्पतिलाई संरक्षण गर्नुपर्ने बताए ।

यस्तै अन्तरक्रिया कार्यक्रममा पर्यटन, ग्रामीण तथा शहरी विकास मन्त्री डिल्ली चौधरीले लुम्बिनी क्षेत्र विश्व सम्पदामा रहेको शान्तिका उर्वर भूमी भएको बताउँदै विकास गर्नुपर्ने बताए । 

प्रकाशित मिति : २०७८ असोज ३ गते आइतवार