२०७९ मङ्सिर ६ गते मङ्गलवार

दोषी लाई पक्राउ गर्न गएका प्रहरी माथी आक्रमण



असोज ०२।
पुर्वी चितवनको राप्ती नगरपालिका ९ सितलटोलमा प्रहरी र स्थानीय बीच झडप भएको छ । गएराती साँढे नौ बजेको समयमा स्थानीय ५० बर्षीया दशरथ मल्लले फलामको गलले हिर्काइ सोही ठाउँ बस्ने ५९ बर्षिया कान्छा लामाको हत्या गरेपछि अभियुक्तलाई नियन्त्रणमा लिन घट्नास्थल पुगेको ईलाका प्रहरी कार्यालय भण्डाराको टोलीलाई अवरोध सृजना खडा गर्दै ढुंगामुढा गरेपछि स्थानीय र प्रहरीबीच झडप भएको थियो ।

स्थानीयसँग भएको झडपमा परी जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी निरीक्षक श्याम बस्नेत, ईलाका प्रहरी कार्यालय रत्ननगरका प्रहरी निरीक्षक रोशन खड्का घाइते भएका छन्।

प्रकाशित मिति : २०७८ असोज २ गते शनिवार