२०८० जेष्ठ २२ गते सोमवार

च्याम्पियन्स लिग : योङ ब्वाइजसँग म्यानचेस्टर युनाइटेड पराजित



यूईएफए च्याम्पियन्स लिग अन्तर्गत समूह चरणको पहिलो खेलमा म्यानचेस्टर युनाइटेड पराजित भएको छ । गएराति भएको खेलमा युनाइटेड स्विस टोली योङ ब्वाइजसँग २-१ गोल अन्तरले पराजित भएको हो ।

ब्वाइजलाई जित दिलाउनका लागि निकोलस गमालेउ र निकोलस गमालेउले एक-एक गोल गरे । युनाइटेडको लागि क्रिस्टियानो रोनाल्डोले एक गोल गरे ।

युनाइटेडलाई रोनाल्डोले गोल गर्दै सुरुवाती अग्रता दिलाएपनि जोगाउन सकेन । रोनाल्डो खेलको १३ औं मिनेटमा गोल गर्दै युनाइटेडलाई अग्रता दिलाएका थिए । उनले ब्रुनो फर्नान्डेसको पासमा गोल गरेका थिए ।

पहिलो हाफमै १० खेलाडीमा सिमित भएपछि युनाइटेड दबाबमा परेको थियो । त्यसको फाइदा उठाउँदै ब्वाइजले दोस्रो हाफमा दुई गोल गर्यो ।

खेलको ६६ औँ मिनेटमा निकोलस गमालेउले गोल गर्दै खेल बराबरीमा ल्याए । उनले सिल्बान हेफ्तीको पासलाई गोल गरेका थिए । इन्ज्युरी समयको पाँचौ मिनेटमा थिओसन सिबात्चेउले गोल गर्दै ब्वाइजलाई २-१ को जित दिलाए ।

यस जितसँगै समूह एफमा योङ ब्वाइज ३ अंक जोड्न सफल भएको छ ।

प्रकाशित मिति : २०७८ भाद्र ३० गते बुधवार