२०८१ चैत्र १ गते आइतवार

राजमार्गबाटै तानेर लगेका व्यक्तिको शव फेला



भाद्र २८।

बाँकेको राप्ती सोनारी गाउँपालिका–१ कुसुम गाभरमा आइतबार राति बाघको आक्रमणमा परी एक जनाको मृत्यु भएको छ । राजमार्गको छेउबाटै बाघले ती व्यक्तिलाई झम्टिएर लगेको स्थानीयले भनाइ छ । मृत्यु हुने भारतीय नागरिक हुन् ।

बाँके निकुञ्जका प्रमुख संरक्षण अधिकृत श्याम शाहका अनुसार पूर्वी गाभरमा बाघ देखेपछि स्थानीयलाई पहिल्यै सतर्क गराइएको थियो । बाघको निगरानी गर्न क्यामेरासमेत राखिएको थियो ।
बाघकोआक्रमणमा परेको व्यक्तिको शव फेला
ती व्यक्तिलाई बाघले निकुञ्ज क्षेत्रमै आक्रमण गरेको हो । उनको शव सोमबार बिहान फेला परेको छ । सुस्त मनस्थितिका ती व्यक्ति लामो समयदेखि होटेलमा काम गरेर जीवन निर्वाह गर्दै आएका थिए । बाँकेमा हाल २१ वटा बाघ रहेको निकुञ्जले जनाएको छ ।

प्रकाशित मिति : २०७८ भाद्र २८ गते सोमवार