२०८० चैत्र १५ गते बिहिवार

आज सूर्य देवताको पूजा गरिने सूर्य पर्ब



दाङ भाद्र २७।
सूर्य देवताको विशेष पूजा आराधना गरिने सूर्य षष्ठी आज (आइतबार) परेको छ ।

प्रत्येक भाद्र शुल्क षष्ठीमा सूर्य देवताका नाममा व्रत लिने गरिन्छ । पृथ्वीमा मानवले देख्ने सबैभन्दा चम्किलो र शक्तिशाली बस्तु सूर्य हो । संसारलाई उज्यालो छर्ने तिनै सूर्य देवताका नाममा व्रत लिएर सूर्य षष्ठी मनाउने गरिएको हो ।
जलाशयमा गएर बिहानै नुवाई–धुवाई गर्दै भक्तजनहरूले गायत्री–मन्त्र जप गर्ने र व्रत लिने चलन छ । सूर्यबिना जीवन असम्भव छ । सूर्यको सङ्कल्पमा व्रत लिएमा धनधान्य, सन्तान, फलिफाप लगायत अश्वमेघ यज्ञ बराबरकै फल प्राप्त र पाप नष्ट हुने जनविश्वास छ ।

व्रतालुहरुले सात प्रकारको फल, चामल, तिल, दुबो, चन्दन आदिलाई पानीमा मिसाएर उदाउँदै गरेको सूर्यलाई अर्घ दिएर आराधना गरी शुद्ध घिऊबाट दियो बाल्ने चलन छ । जलाशयमा कपूर, धूप, रातो फूल, दुबो आदिबाट भगवान सूर्यको पूजा गर्दै मन्त्र उच्चारण गर्ने गरिन्छ ।

संसरभरका जीवन र वनस्पतिलाई प्रकाश एवम् शक्ति दिने सूर्यले नै हो । सूर्यको उपासनाबाट शरीर स्वस्थ्य रहन्छ ।

प्रकाशित मिति : २०७८ भाद्र २७ गते आइतवार