
भाद्र २१।
विराटनगरमा प्रहरी हिरासतमा एक थुनुवाको मृत्यु भएपछि प्रदर्शन गरिएको छ ।
जिल्ला प्रही कार्यालय मोरङको हिरासतमा रहेका विराटनगर महानगरपालिका–११ का ३७ वर्षीय भीम कामतको मृत्यु भएपछि आफन्त र स्थानीयले प्रदर्शन गरेका हुन् ।
सोमबार उनीहरुले जिल्ला प्रशासन कार्यालय मोरङ अगाडि प्रदर्शन गरेका छन्। कामतलाई लागूऔषध गाँजासहित पक्राउ गरिएको जनाइएको छ । शुक्रबार पक्राउ परेका उनको आइतबार दिउँसो मृत्यु भएको थियो ।
मृतकका आफन्तले प्रहरीको यातनाका कारण मृत्यु भएको आरोप लगाएका छन् । मृतकको दुवै खुट्टामा चोट छ । शुक्रबार कामत तीन किलो चार सय ८० ग्राम गाँजासहित पक्राउ परेको जनाइएको छ ।
प्रकाशित मिति : २०७८ भाद्र २१ गते सोमवार