
भाद्र १८।
अमेरिकामा आएको आँधी र वर्षाका कारण ३ एकै परीवारका ३ जनाको मृत्यु भएको छ । न्यूयोर्कमा आएको आइडा नामक आँधीमा परेर उनीहरुको ज्यान गएको युनाइटेड शेर्पा एशोसिएसन यूएसले जनाएको छ ।
मृत्यु हुनेहरुमा सोलुखुम्बु जिल्ला दुधकुण्ड नगरपालिका वडा नं २ जुनवेशी घर भइ हाल न्यूयोर्कमा बस्दै आएका आङ गेलु लामा उनकी श्रीमती मिङमार शेर्पा र उनीहरुको १९ महिनाको छोरा लोप्साङ लामाको मृत्यु भएको हो ।
पछिल्लो केही दिनयता अमेरिकाको विभिन्न राज्यहरुमा भारी वर्षासँगै आँधीका कारण ठूलो मात्रमा धनजनको क्षति पुगेको छ । आँधी र वर्षाका कारण मत्रै त्यहाँ ६८ को मृत्यु भइसकेको छ ।
प्रकाशित मिति : २०७८ भाद्र १८ गते शुक्रवार