
दाङ भाद्र १७
विभिन्न सामाजिक कार्य मा सामाजिक हात बढाएर समाज सेवा गर्दै आएको तुल्सिपुर ७ स्थित रोयल सेभेन युथ क्लब तुल्सिपुर ले आज तुल्सिपुर ६ डुम्री गाउँ स्थित दिदी घरमा रहेका असाहय बालबालिका लाई खाध्यन्न सहयोग गरेको छ।
क्लब का अध्यक्ष सन्तोष भन्डारी को नेतृत्वमा आज एक कार्यक्रम का बिच उक्त केन्द्र कि स्यानी चौधरी लाई हस्तान्तरण गरिएको छ। कार्यक्रम मा बोल्दै क्लब का सचिब मनिस भुसाल ले क्लब ले सामजिक काम र असाहाय बालबालिका लाई सहयोग गर्दा झन सामाजिक काम गर्न प्रेरित भएको बताउनु भयो। उक्त अबसर मा बोल्दै सस्था कि स्यानी चौधरी ले सस्थालाई सहयोग गरेको मा क्लब लाई धान्यवाद दिनु भयो।उक्त सस्था मा हाल १८ जना असाहाय बालबालिका रहेको क्लब का सचिब मनिश भुसाल ले जानकारी दिनु भयो।
प्रकाशित मिति : २०७८ भाद्र १७ गते बिहिवार