२०८१ असोज २८ गते मङ्गलवार

खोलाले बगाउदा चार जनाको मृत्यु,एक जना घाईते



दाङ भाद्र १७।

घोराहीको गोग्लीबाट घोराही तर्फ आउदै गरेको प्र.३.०१.०२४ च ४४४० नम्वरको गाडी सिस्नेखोलाले गएराती १० बजेतिर बगाउदा गाडीमा सवार चार जनाको मृत्यु भएको हो भने चालक घाईते भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रवक्ता डिएसपी मुकुन्द प्रसाद रिजालले जानकारी दिनुभयो ।
मृत्यु हुनेमा गाडीमा सवार घोराही १३ बस्ने ४० बर्षिया रितामाया पुन, घोराही १३ बस्ने अन्दाजी ३२ बर्षिया सुसिला श्रेष्ठ, घोराही १४ का अन्दाजी ३१ बर्षिया राधा कुंवर र सोहि वडाको ४२ बर्षिया बिमला केसी रहेको डिएसपी रिजालले जानकारी दिनुभयो । सोहि घटनामा परि गाडी चालक घोराही १३ बस्ने ४३ बर्षिय नर बहादुर पुन घाईते भएका छन् । गाडी सहित दुई जनाको शव गएराती नै भेटिएको हो भने दुई जनाको विहान फेला परेको डिएसपी रिजालले जानकारी दिनुभयो ।

दाङ मा खोला मुनि पुल हुदा प्रत्येक बर्ष बर्षात को बेला मा नागरिक को ज्यान जाने गरेको छ। प्रत्येक बर्ष नागरिक को ज्यान जादा पनि पुल निर्माण र संचालन गर्न संबंधित निकाय ले ध्यान दिन सकिरहेको देखिदैन ।

प्रकाशित मिति : २०७८ भाद्र १७ गते बिहिवार