२०८१ माघ २७ गते सोमवार

अटो ठोक्किदा तीन जना घाईते



भाद्र १६ दाङ।
तुलसीपुरमा अटो रिक्सा एक आपसमा ठोक्किदा तीन जना घाईते भएकी छिन् । तुलसीपुरको कृष्ण मन्दिर नजिक बुधबार भएको दुर्घटनामा परि तुलसीपुर उपमहानगरपालिका–८ टिकरी निवासी ७ बर्षकी जेनिसा कवँर, ३५ बर्षीया अमृता सुनार र तुलसीपुर उपमहानगरपालिका–१ सुनपुर निबासी विपी नेपाली रहेको ईलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ ।
घाइतेको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भइरहेको छ । तुलसीपुरबाट भमके जाँदै गरेको रा १ ह २६६१ नम्बरको अटो रिक्सालाई र सोहि दिसाबाट गइरहेको रा १ ह ४२४६ नम्बरको अटोरिक्सा ठोक्किदा दुर्घटना भएको थियो ।

प्रकाशित मिति : २०७८ भाद्र १६ गते बुधवार