२०८१ माघ ५ गते आइतवार

मानव सेवा आश्रमलाई ह्वील चियर सहयोग




तुलसीपुर, १३ भदौ ।

दाङको तुलसीपुर स्थित मानव सेवा आश्रमलाई ह्वील चियर सहयोग गरिएको छ । मानव अधिकार प्रतिष्ठानका लुम्बिनी प्रदेश संयोजक विनोद कुमार श्रेष्ठ र प्रतिष्ठानका आजिवन सदस्य   अब्दुल  हमिद खानको सहयोगमा दुई  थान ह्वील चेयर सहयोग गरिएको हो ।

मानव अधिकार प्रतिष्ठान  दाङ शाखा मार्फत उक्त ह्वील चेयर सहयोग  गरिएको हो ।  शनिबार आश्रममै पुगेर उक्त सहयोग गरिएको हो । प्रतिष्ठानका दाङ शाखा सभापति  शालिकराम वलीको  अध्यक्षता तथा  प्रतिष्ठानका प्रदेश संयोजक विनोद कुमार श्रेष्ठको प्रमुख   आतिथ्यमा  कार्यक्रम गरि  उक्त सहयोग गरिएको हो ।
आश्रममा ह्वील चेयर अभाब भएकाले  सहयोग गरिएको श्रेष्ठले बताए । उनले सबैले सक्दो सहयोग गर्नुपर्ने समेत  बताए  । कार्यक्रममा  प्रतिष्ठानका सल्लाहकार गणेश  पार्धे,  कानुनी सल्लाहकार मोहन  धिताल,  प्रेस सल्लाहकार  दिपक बोहरा, आश्रमका व्यबस्थापक  उर्विन  सापकोटालगायतले मन्तब्य ब्यक्त गरेका  थिए  ।

कार्यक्रमको सहजीकरण  प्रतिष्ठानका सचिब टेकन  कडेलले गरेका  थिए  । साथै  प्रदेश संयोजक  श्रेष्ठले आश्रममा रहेका  ३२ जनालाई खाना पनि खुवाएका थिए ।

प्रकाशित मिति : २०७८ भाद्र १३ गते आइतवार