
भाद्र १२
महामारि को बेला जनता को लागि खटिएका स्वास्थकर्मी माथी भएको दुव्र्यवहार प्रती दाङ मा कृयाशिल संयुक्त विद्यार्थी संगठन ले एक बिज्ञप्ति निकाली गम्भीर ध्यानाकर्षण भएको जनाएका छ्न ।
संयुक्त पाँच विद्यार्थी संगठन द्वारा आज जारी गरिएको बिज्ञप्ति मा हिजो राप्ती प्रादेशिक अस्पताल तुलसीपुरका मेडीकल सुपरीटेन्डेन्ट डा. विनोद सिंहलाई नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुका जिल्ला संयोजक सर्जन परियारको नेतृत्वमा गएको समूहले कालोमोसो दलेको घटनाप्रति दाङमा क्रियाशिल संयूक्त विद्यार्थी संगठनको गम्भीर ध्यानाकर्षण भएको छ । कोभिड जस्तो महामारी लगायत सबैखालका स्वास्थ्य सेवाहरु प्रदान गर्न अग्रपंक्तिमा खटिएका डाक्टर, अस्पताका मे.सु.माथी भएको दुव्र्यवहारको हामी घोर भत्र्सना गर्दछौं ।
विद्यार्थी संगठनप्रति नै अविश्वास पैदा हुनेगरी गरिएको अमानवीय व्यवहार तथा अपराधिक मानसिकताले ग्रस्त असामाजिक तत्वहरुद्वारा नियोजित र संगठित रुपमा गरिएको घटनामा संलग्न सबैलाई यथासिघ्र गिरफ्तार गरी हदैसम्मको कानुनी सजाय गर्न प्रशासन समक्ष अनुरोध गर्दछौं भनिएको छ।
उक्त बिज्ञप्तिमा नेबिसंघ का कार्यबाहक सभापति टोपबहादुर बुढाथोकी ,अखिल क्रान्तिकारी का सम्योजक जङ रोका ,अनेरास्ववियु (समाजबादी)का सम्योजक रबिन डाङी,समाजबादी विद्यार्थी युनियन का अध्यक्ष दिपक पोख्रेल र अखिल छैठो का दाङ काअध्यक्ष ध्रुव बेल्बासे को हस्ताक्षर रहेको छ।