२०८२ बैशाख ७ गते सोमवार

नेशनल मेडिकल कलेज शिक्षण अस्पतालको पाँचौं तल्लाबाट एक युबकले हाम फाले



वीरगञ्ज (पर्सा) ।

वीरगञ्जस्थित नेशनल मेडिकल कलेज शिक्षण अस्पतालमा उपचाररत एक युवकले आत्महत्याको प्रयास गरेका छन् ।

वीरगञ्ज महानगरपालिका–२ छपकैया निवासी १८ वर्षीय आरिफ मियाले आज दिउँसो २ बजे अस्पतालको पाचौँ तल्लाकाे झ्याल फोडर हाम फालेपछि पहिलो तल्लामा बजारिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायव उपरीक्षक ओम प्रकाश खनालले जानकारी दिए ।

डीएसपी खनालका अनुसार युवक आरिफ मानसिक रोगी भएको र उपचारका लागि उनलाई आजै अस्पताल भर्ना गरिएको बताइएको छ । नेशनल मेडिकल कलेज शिक्षण अस्पतालका प्रबन्ध निर्देशक बसरुद्दिन अनसारीले उक्त युवकको दुवै खुट्टा भाँचिएको र अवस्था गम्भीर रहेको जानकारी दिदै अन्य बाहिरी चोट भने नदेखिएको बताए ।

उनले धेरै माथिबाट बजारिएको हुनाले आन्तरिक चोट भने हुनसक्ने बताए । हाल आरिफ मियाको सोही अस्पतालमा उपचार भइरहेको छ ।

प्रकाशित मिति : २०७८ भाद्र १० गते बिहिवार