२०८० जेष्ठ २२ गते सोमवार

पदाधिकारी को असहयोगको कारण राजीनामा :अध्यक्ष वलि :राप्ती सञ्चार



तुलसीपुर, ६ भदौ ।
तुलसीपुर खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाका अध्यक्ष खेमराज वलीले आज आइतबार दिउँसो पत्रकार सम्मेलनको आयोजना गरी राजीनामा दिएको घोषणा गर्नुभएको हो ।

संस्था संचालनमा अन्य पदाधिकारीले सहयोग गर्नुको साटो संस्थाको हित विपरित काम गरेको आरोप लगाउँदै राजिनामा दिनुभएको हो । उहाँले सबै पदाधिकारीको पद पनि खारेज भएको घोषणा गर्नुभएको छ ।

२०७४ सालमा भएको नवौँ साधरणसभाबाट निर्वाचित पदाधिकारीको एक वर्ष अघि नै पदावधि सकिएको थियो । आन्तरिक किचलोका कारण नयाँ समिति निर्वाचित हुन नसक्दा अहिले सम्म सोहि समितिले काम गर्दै आएको थियो ।

तर पछिल्लो समयमा संस्थाभित्रकैका पदाधिकारीले आफु र संस्थालाई लक्षित गरेर विभिन्न खालका आरोप प्रत्यारोपमा उत्रिएको, अदालतदेखि अख्तियारसम्म मुद्धा मामिला गर्ने काम भएको ले र सम्पूर्ण निकाय लाई हिसाबकिताब हेर्न सजिलो होस भनी राजिनाम दिएको बताउनु भयो।

प्रकाशित मिति : २०७८ भाद्र ६ गते आइतवार