२०८१ माघ २४ गते शुक्रवार

दाङमा बैशाखयता कोरोनाबाट २१० जनाको मृत्यु




दाङ, ५ भदौ ।  
दाङमा बैशाखयता २१० जनाको मृत्यु भएको छ । जिल्ला स्वास्थ्य कर्यालय दाङको तथ्यांक अनुसार यस बर्ष बैशाखदेखि अहिलेसम्म २१० संक्रमितको मृत्यु भएको हो । यो संगै कोरोनाबाट दाङमा अहिलेसम्म २ सय ५८ जनाको मृत्यु भएको छ ।  यस्तै दाङमा अहिलेसम्म १२ हजार ४ सय ८९ जना संक्रमित भएका छन् । बैशाखयता मात्रै ८ हजार ८ सय १ जना संक्रमित भएका छन् ।

शनिबार मात्रै दाङमा थप १५ संक्रमित थपिएसंगै सक्रिय संक्रमितको संख्या १ सय ५९ रहेको छ । अहिले अधिकांश संक्रमित घरमै छन् ।

प्रकाशित मिति : २०७८ भाद्र ५ गते शनिवार