
भाद्र ४।
रुकुम पश्चिममा पाैडी खेल्ने क्रममा डुबेर एकै घरका दुई दाजुभाइको मृत्यु भएकाे छ ।शुक्रबार दिउँसो मुसीकोट नगरपालिका वडा नम्बर ७ ठुली दहमा पौडि खेल्ने क्रममा एकै घरका दुई दाजुभाइकाे मृत्यु भएकाे हाे ।
मृत्यु हुनेमा मुसीकोट नगरपालिका वडा नम्बर १ सल्लेका भिमबहादुर थापा र प्रेम थापा रहेकाे जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले जनाएकाे छ । भिमबहादुर दाइ र प्रेम भाइ हुन् ।
दहमा पौडि खेल्ने क्रममा उनिहरु बेपत्ता भएका थिए । बेपत्ता भएपछि अस्थायी प्रहरी चौकि साख र जिल्ला प्रहरी कार्यलय रुकुम पश्चिमको टाेलिले खाेजी गरिएको थियो ।
खोजी कार्य गरेको केही घण्टामै उनिहरुको शव भेटिएको जिल्ला प्रहरी कार्यलय रुकुम पश्चिमले जनाएकाे छ ।
शव पोस्टमार्टमको लागि जिल्ला अस्पताल सल्ले लगिएकाे छ । साथीहरु सँग घुम्न गएका उनिहरु पाैडि खेल्न दहमा पसेको प्रहरीले जनाएको छ ।