२०८२ बैशाख ४ गते शुक्रवार

जनपत्रकार संगठन दाङ को भेला सम्पन्न : भाद्र महिनामा जिल्ला सम्मेलन गर्ने



श्रावण ३० दाङ
जनपत्रकार संगठन दाङ को दोस्रो बैठक आज तुल्सिपुरमा सम्पन्न भएको छ । जनपत्रकार संगठन दाङ का संयोजक हेमन्त प्रकाश ओलि को अध्यक्षता नेकपा केन्द्रिय सदस्य तथा दाङ जिल्ला इन्चार्ज सितल को प्रमुख आतिथ्यतामा भेला सम्पन्न भयो ।


भेलालाई सम्बोधन गर्दै इन्चार्ज सितल ले पार्टीको बिचार सिद्धान्त तथा कार्येनिती अनुसार आवाज बिहिन को आवाज बन्दै दबाइएका आवाजहरु लाई बुलन्द गर्दै समाज रुपान्तरण गर्नु पर्ने बताउनु भयो।


अर्का बक्ता नेकपा दाङ का सेक्रेटरी प्रदिप ले पत्रकारहरुले आफ्नो ब्याबसायिक धर्म निभाउदै पत्रकारिता लाई समय र श्रमसग मिलाएर अघि बढ्नु पर्ने बताउनु भयो। उहाले जनपत्रकार संगठन ले बर्गिय सवाल र मुद्दा उठाउनु पर्ने र बैज्ञानिक समाजबाद प्रप्ती का लागि कलम को माध्यम बाट समाज परिवर्तन गर्नु पर्ने बताउनु भयो।


भेला ले भाद्र महिना मा दाङ जिल्ला सम्मेलन गर्न पन्ध्र सदस्यीय सम्मेलन आयोजक कमिटी गठन गरेको छ।साथै पत्रकारहरु बिच व्यापक ध्रुवीकरण गरि कमिटी बिस्तार गर्ने, विभिन्न संचार गृहहरु संग अन्तरक्रिया गर्ने, पत्रकारको क्षमता अभिबृदी गर्न तालिम सन्चालन गर्ने निर्णय गरेको छ।

प्रकाशित मिति : २०७८ साउन ३० गते शनिवार