२०७९ मङ्सिर १७ गते शनिवार

अर्घाखाँचीमा करेन्ट लागेर एक जना महिला को मृत्यु



एक महिलाको अर्घाखाँचीमाकरेन्ट लागेर मृत्यु भएको छ । जिल्लाको छत्रदेव गाउँपालिका–६ की ४८ बर्षीया कमला रानाको करेन्ट लागेर मृत्यु भएको हो ।
घरको कुटानी पिसानी मिलमा मकै पिस्ने क्रममा चिसो हातले मिलको फलाममा छुँदा करेन्ट लागेर गम्भीर घाइते उनको अस्पताल ल्याउने क्रममा उनको मृत्यु भएको हो ।
उनको शव पोष्टमार्टम गरि परिवारजनलाई बुझाइएको अर्घाखाँचीका प्रहरी प्रमुख अमर थापा क्षेत्रीले जानकारी दिए।

प्रकाशित मिति : २०७८ साउन ११ गते सोमवार