
डिल्लीराज भुसाल , तुल्सिपुर श्रावण ५
शैक्षिकसत्र ०७८ मा तुल्सिपुर उपमहानगरपालिका अन्तर्गत संचालित सस्थागत बिद्यालयहरु ले मासिक शिक्षण शुल्क र अन्य शुल्क नबढाउने विषयमा तुलसीपुर उपहानगरपालिका र विद्यार्थी संगठनहरुबीच सहमति भएको छ साथै विद्यालयले १० प्रतिशत विद्यार्थीहरुलाई छात्रबृति दिए–नदिएको अनुगमन गर्न निर्णय भएको छ । सामाजिक विकास समितिका संयोजक कुमार लामिछाने को सम्योजकत्वोमा, प्रबक्ता सूर्यबहादुर डाँगी, शिक्षा शाखा प्रतिनिधि र विद्यार्थी सगठनहरु का प्रतिनिधि सदस्य रहने एक अनुगमन टोलि गठन गरिएको छ।,
तुल्सिपुर उपमहानगरपालिका र बिद्यार्थी संगठनहरु बिच भएको सहमतिहरु
१:उपमहानगरपालिका भित्रका स्नातक र स्नातकोत्तकर तहमा अध्ययन गर्ने १८ बर्ष माथिका बिध्यार्थीहरु लाई पहिलो चरणमा दुई हजार विद्यार्थीलाई खोप लगाउने त्यसकालागि उपमहानगरपालिकाको जनस्वास्थ्य प्रबद्र्धन शाखामार्फत जिल्ला खोप व्यबस्थापन समितिमा सिफारिश गर्ने । २:उपमहानगरपालिका भित्रका संस्थागत विद्यालयहरुले लिने मासिक शिक्षण शूल्क र अन्य शूल्क यस शैक्षिकशत्रमा नबढाउने र विद्यालयले १० प्रतिशत विद्यार्थीहरुलाई छात्रबृति दिए–नदिएको अनुगमन गर्ने ।
३ :साथै एक विद्यालयबाट अर्को विद्यालय जानकालागि स्तान्तरण पत्रकालागि महंगो शूल्क नलिने पनि निर्णय गरेको थियो । जस अनुसार एलकेजीदेखि युकेजीसम्मको पाँचसय, कक्षा १ देखि ५ सम्मको एक हजार, कक्षा ६ देखि ७ सम्मको दुई हजार र ८ देखि १० सम्म को दुईहजार पाँचसय मात्रै लिनकालागि सिफारिश गर्ने ।
४:यदि गत बर्ष असोज अगाडी शूल्क लिएको भए फिर्ता गर्न लगाईने ।
५ :अनलाइन शुल्क बाहेकअरु शुल्क उठाउन नपाउने । ६: तुलसीपुर उपमहानगरपालिका भित्र का सामुदायिक विद्यालयहरु ले कक्षा ८ सम्मको शिक्षा निःशुल्क गराउने र अंग्रेजी माध्यामबाट सञ्चालित विद्यालयहरुले भने समितिले तोके बमोजिम लिन पाउने ।
७:एसइईको नतिजा नआउदै कक्षा ११ मा भर्ना गरिएको पाईएमा सो बिद्यालय बन्द गराइ कारवाही को लागी संबंधित निकाय मा सिफारिस गर्ने ।
८ : यस्तै तुलसीपुरको मेट्रो कलेजका गतिबिधिहरु छानविन गर्नकालागि सूर्यबहादुर डाँगीको संयोजकत्वमा समिति समेत गठन गरिएको छ । जसमा विद्यार्थी संगठनहरु का प्रतिनिधिहरु रहने छन।
बैठकमा सामाजिक विकास समितिका संयोजक कुमार लामिछाने, प्रबक्ता सूर्यबहादुर डाँगी, प्रमुख प्रशासकीय अधिकृत भास्करराज गौतम, शिक्षा शाखा प्रमुख चक्रबहादुर भण्डारी, शिक्षा अधिकृत मनबहादुर खड्का, नेविसंघका कोषाध्यक्ष अरुण लहरे, अखिल क्रान्तिकारीका केन्द्रीय सदस्य दुर्गा विक, अनेरास्ववियुका जिल्ला संयोजक रविन्द्र डाँगी, समाजवादी विद्यार्थी युनियन दिपक पोखरेल, नेविसंघका जिल्ला सदस्य किरण केसी, अखिल क्रान्तिकारीका विन्दु खड्का, हिरालाल ओलीलगायतको सहभागिता रहेको समाजबादी बिद्यार्थी युनियन का जिल्ला अध्यक्ष दिपक पोख्रेल ले जानकारी दिनु भयो।