२०८१ माघ ५ गते आइतवार

वीरगञ्जमा क्यारियर काउन्सिलिंग तथा शैक्षिक कार्यक्रम सम्पन्न



बिवेक कुमार पटेल / पर्सा //

वीरगञ्ज । एजुकेशन म्याट्रिक्स कन्सलटेन्सीको आयोजनामा क्यारियर काउन्सिलिंग तथा शैक्षिक कार्यक्रम सम्पन्न भएको छ । कन्सलटेन्सीका प्रमुख कार्यकारी अधिकृत नजाम अलीको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रमलाई सम्बोधन गर्दै मानव सेवा आश्रमका केन्द्रीय सदस्य देवेश गुप्ताले सर्टिफिकेट (प्रमाणपत्र) का भरमा जागिर पाउने आश नबनाउन विद्यार्थीलाई सुझाव दिए । अहिले प्रतिस्पर्धाको युग भएको बताउँदै उनले सीप र क्षमताको आधारमा अवसर पाइने जानकारी गराए । किताबी ज्ञान भन्दा पनि अतिरिक्त सीप सिक्नमा समय व्यतित गर्न उनले विद्यार्थीलाई आग्रह गरेका छन् ।

कार्यक्रममा ब्राइट प्लस टु कलेजका प्रबन्ध निर्देशक मुकेश गुप्ताले भविष्य बनाउने उमेरलाई सही सदुपयोग गर्न अनुरोध गरेका छन् । सही शिक्षा पाएमा सही गन्तव्यमा पुगिने गुप्ताको भनाई छ । उनले आफ्नो रुची र लक्ष्यअनुसारको गन्तव्य निर्धारण गर्नुपर्नेमा जोड दिए । विद्यार्थीले भविष्य बनाउनका लागि मेहनत गर्ने समय पनि यही उमेर भएकाले मन लगाएर मेहनत गर्नुपर्ने उनको सुझाव छ ।
कार्यक्रममा तुलास इन्स्चियुटका प्रतिनीधि दिपक भगोना, गुल्जार ग्रुप अफ इन्स्च्यिुट (जिजिआई) का प्रतिनीधि सुजय कुमार पटेल, आर्या एकेडेमीका प्रबन्ध निदेशक भुपेन्द्र पटेल, मिनिल्याण्ड स्कुलका संयोजक दिपक पटेल लगायतले विद्यार्थीलाई उच्च शिक्षा अध्ययनका लागि प्रेरित गरेका थिए ।

कार्यक्रममा टोइटोका प्रबन्ध निर्देशक संगम पण्डित, मिनिल्याण्ड स्कुलका प्रिन्सीपल जितेन्द्र पटेल, जिवन पब्लिक स्कुलका प्रिन्सिपल प्रमोद गुप्ता, ब्राईट प्लस टु कलेजका प्रशासन प्रमुख अखिल पटेल, मोदि इन्सिच्यु अफ ट्रेनिङ् सेन्टरका प्रबन्ध निर्देशक राहुल मोदी, एआर इन्सिच्युटका संस्थापक रमेश पण्डित लगायतको उपस्थिती रहेको कन्सलटेन्सीका महाप्रबन्धक अमित पटेलले जानकारी दिए ।

कार्यक्रममा एजुकेशन म्याट्रिक्स कन्सलटेन्सीका बजार प्रबन्धक अमन पटेलले स्वागत मन्तव्य व्यक्त गरेका थिए । सो अवसरमा नारायणी डान्स एकेडेमी तथा विद्यार्थीहरुले विभिन्न सांस्कृतिक प्रस्तुती समेत प्रस्तुत गरेका थिए ।

प्रकाशित मिति : २०८१ असार ११ गते मङ्गलवार