भोला यादव रौतहट जेठ २ मधेश प्रदेश को रौतहट जिल्लाको कमेडियन कलाकार अमरेन्द्र यादवले आफु यस जिल्लाको मात्र नभई मधेश प्रदेशबाट नै एक्लो सहभागिता रहेको बताउनुभएका छन । कान्तिपुर टेलिभिजनबाट प्रशारण हुने कमेडि च्याम्पीयन सिजन–३ को टप ५ मा पुग्न सफल भएको यादवले आफु मधेश प्रदेशबासी भएकाले सवैसंग भोटका लागि अपिल गरिरहेका छ । कटहरिया नगरपालिकाको डुमरिया घर भएका कलकार यादवले आफनो प्रस्तुती भन्दा पनि भोटको धेरै मान्यता हुने भएकाले अगामी राउण्डमा पुग्नका लागि सक्दो आवश्यक पर्ने बताउनुभयो । यहाँहरुले सदैव दिदैँ आउनुभएको माया, सद्भाव र स्नेह संगैको भोटले आफु कमेडि च्याम्पीयन सिजन–३ को टप ५ मा पर्ने सफल भएको उल्लेख गरेको छ । चन्द्रपुरको माउन्ट एभरेष्ट आवशिय विद्यालयमा अध्यायन गरेका कलाकार अमरेन्द्रले हाँस्य विधामा आफनो रुची भएकाले कमेडि च्याम्पीयन सिजन–३ मा पुगेको जानकारी दिए । आफनो प्रस्तुतीलाई लिएर पूर्व प्रधानमन्त्री माधव कुमार नेपालले फोन गरेर नै घरमा वोलाएको उहाँको भनाई रहेको छ। आफु पनि रौतहटबाट प्रतिनिधि सभामा प्रतिनिधित्व गर्दै आएको र रौतहटबासी भएकाले यस कमेडि च्याम्पीयन सिजन–३ विजेतको शुभकामना दिनु भएको उहाँले उल्लेख गर्नुभयो । तर आफ्नो क्षेत्रबाट प्रतिनिधित्व गर्ने प्रभु साहबाट कुनै किसिमको आश्वसन समेत नआएको भन्दै कलकार यादवले दुखेसो गर्नुभयो । निर्वाचनको समयमा घर घरमा पुगेका नेता साहले अहिले आफुलाई भोट गर्न चासो नदेखाएको प्रति असन्तुष्ट जनाउनुभयो । तर कटहरिया नगरपालिकाका नगर प्रमुख अजय प्रकाश जयसवालले भेटमा जीतको अग्रिम बधाई तथा शुभकामना दिनुभएको उहाँले उल्लेख गर्नुभयो । कलाकार यादव टप ५ मा पुग्न सफल भएकोमा आफु निकै हर्षित भएको मेयर जयसवालले भेटमा बताउनुभएका थिए । बाल्यकालदेखि हाँस्ने र हसाँउने रुची राख्ने कलकार यादव भारतिय कलकार कपिल शर्माको सो हरेर झन् प्रभावित भएको बताउनुभयो । रौतहटका कलकार यादव टेलिभिजनको चर्चित रियालिटी शो कमेडि च्याम्पीयन सिजन–३ मा देख्न पाउनु जिल्लावासीका लागि गौरव भएको पत्रकार मुकेश कुमार साहले बताउनुभयो । एक प्रतिभावान कलकार आफनो भविष्य खोज्दै त्यहाँसम्म पुगेको अवस्थामा जिल्लाबासीले सहयोग गर्नु पर्ने उहाँको धारणा छ । यहाँ सास्कृतिक कार्यक्रममा धेरै खर्च गरेर कलकार बोलाउने गरिने प्रचलन रहेपनि यसै जिल्लाका नवोदित कलकारलाई प्रोत्साहन नहुनु विडम्वना रहेको उहाँले उल्लेख गर्नुभयो । आफना अदभुत हाँस्यकला, प्रतिभाले कमेडि च्याम्पीयनमा टप १० बाट टप ५ मा पुग्न सफल भएको उहाँको भनाई छ । नवोदित हाँस्य कलकार यादवलाई खल्ति एप्स मार्फत भोट गरी सहयोग गर्ने उहाँले सवैसंग आग्रह समेत गर्नुभयो । कलाकार यादव अहिले विभिन्न पालिका वा संघ÷संस्थामा पुगेर भोटको लागि अपिल गर्दै आउनुभएको छ । आफनो हाँस्ने र हसाँउने कला प्रस्तुत गर्दै निकै प्रतिस्पर्धाका बीच आफु ५ मा पुग्न सफल भएको र अब टप ४ मा पुग्ने लक्ष्य लिएर अगाडि बढेको उहाँले बताउनुभयो । आफुलाई कमेडि च्याम्पीयन सिजन–३ को विजेता बनाउन उहाँले खल्ती एपको माध्यमले भोटिंङ्ग गरी सहयोग गर्न सबैलाई आग्रह गर्नुभयो ।कान्तिपुर टेलिभिजनको शो कमेडि च्याम्पीयन सिजन–३ को विजेता बन्न कलाकार यादव विगत केहि महिनादेखी प्रतिस्पर्धा गर्दै आउनुभएका छन ।
प्रकाशित मिति : २०८१ जेष्ठ २ गते बुधवार