२०८१ जेष्ठ ८ गते मङ्गलवार

आईपीएल क्रिकेटमा आज दिल्लीसंग कोलकाता भिड्दैं



भारतमा जारी इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा आज बुधबार दिल्ली क्यापिटल्स र कोलकाता नाइट राइडर्स खेल्दैछन् । यी दुईबिचको खेल नेपाली समयअनुसार बेलुकी पौने ८ बजेदेखि विशाखापटनमको स्टेडियममा सुरु हुनेछ ।

यो सिजनमा कोलकाताले खेलेका दुवै खेल जितेको छ भने दिल्लीले तीन खेल खेल्दा दुईमा जित र एकमा हार बेहोरेको छ । कोलकाता अंक तालिकाको दोस्रो र दिल्ली सातौँ स्थानमा छ ।

कोलकाता र दिल्लीबीच अहिलेसम्म ३२ खेल भएकोमा दुवै टोलीले समान १६ खेल जितेका छन् । कोलकाताले सन् २०२१ र २०१४ मा गरी दुई पटक उपाधि जित्दा दिल्ली अहिलेसम्म विजेता बन्न सकेको छैन ।

प्रकाशित मिति : २०८० चैत्र २१ गते बुधवार