२०८२ बैशाख २९ गते मङ्गलवार

वर्षाका कारण नेपाल ’ए’ र आयरल्यान्ड ’ए’ बीचको खेल रद्द



काठमाडौं,१५चैतःनेपाल भ्रमणमा रहेको आयरल्यान्डको ’ए’ टोली र नेपालको ’ए’ टोलीबीचको मैत्रीपूर्ण टी–२० क्रिकेट शृंखलाको पहिलो खेल वर्षाका कारण रद्द भएको छ ।

वर्षाका कारण मैदान भिजेकाले खेल रद्द गरिएको नेपाल क्रिकेट संंघ (क्यान) ले जानकारी दिएको छ । बिहीबारको खेलमा टस पनि हुन पाएन । वर्षाका कारण खेल प्रभावित भएसँगै खेलको तालिका परिवर्तन हुने क्यानले जनाएको छ ।

आयरल्यान्ड ’ए’ टोलीलाई आयरल्यान्ड उल्भ्स नाम दिइएको छ । नेपाल ’ए’ र आयरल्यान्ड ’ए’ टोलीले तीन खेलको टी–२० र तीन खेलको एकदिवसीय क्रिकेट शृंखला खेल्न लागेका हुन् ।

यसअघि नेपाली राष्ट्रिय क्रिकेट टोली र आयरल्यान्ड उल्भ्सबीचको दुई खेलको टी–२० क्रिकेट शृंखला नेपालले २–० ले जितेको थियो । नेपालले आयरल्यान्ड ’ए’ लाई पहिलो खेलमा ६ विकेट तथा दोस्रो खेलमा ७१ रनले हराएको थियो ।

प्रकाशित मिति : २०८० चैत्र १५ गते बिहिवार