२०८१ बैशाख ९ गते आइतवार

हिमशिखर जनजागरण युवा क्लबको सातौं नयाँ कार्यसमिति चयन अध्यक्षमा बसन्त बस्नेत



भुपेन घर्ती मगर रोल्पा
रोल्पाको गंगादेब ७ तिमिलेमा रहेको हिमशिखर जनजागरण युवा क्लबको सातौं नयाँ कार्यसमिति चयन गरिएको छ ।

रोल्पाको पश्चिमी बेल्डमा रहेर आफ्नो छुट्टै पहिचान बनाउन सफल यस क्लबले फागुन २५ गते वडा नं ७ का वडा अध्यक्ष प्रेम प्रकाश के सी को रोहवरमा बसेको बैठक बाट बसन्त बस्नेतको अध्यक्षतामा नयाँ कार्य समिति चयन गरिएको क्लबले जनाएको छ ।

जसमा कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा निर्मल कुमार के सी, महिला उपाध्यक्ष कमला के सी, सचिव गौतम के सी, कोषाध्यक्ष सरिता के सी, सहसचिव नकेन्द्र के सी, सदस्हरू दिपा के सी, पुर्णकला बस्नेत र झरणा के सी रहेका छन् ।

क्लबले पनि विभिन्न कार्यमा भुमिका खेल्न सक्छ भन्ने जलन्त उदाहरण बनिरहेको यस क्लब एक दशक पार गरिसक्दा समाज रूपान्तरण मा बिशेष भुमिका खेल्दै आएको छ। आफ्नो २ फ्लाइट को भवन समेत खडा गरिसकेको छ । साथै क्लबलाई आगामि दिनको थप सफलता शुभकामना

प्रकाशित मिति : २०८० फाल्गुन २८ गते सोमवार