२०८१ माघ १ गते बुधवार

नव गायिका प्युठानी चेली भावना मगरको को नयाँ लोकदोहोरी गित सार्वजनिक



फाल्गुन १४,

भूपेन घर्ती मगर काठमाडौँ
नव गायिका प्युठानी चेली भावना मगरको को नयाँ लोकदोहोरी गित सार्वजनिक भएको छ ।
पछिल्लो समय सांगीतिक आकाशमा थुप्रै गायक गायिकाहरूको आगमन भयो तर धैरै आए तर कमैले सफलता पाए । त्यहि भिडमा फरक सम्भावना बोकेकी नव गायिका भावना मगर को सांगीतिक दुनियामा आगमन भएको छ ।

भावना मगरले यो पहिलो गित आँशुको तलाउमा स्वर भरे पछि उनको स्वरको भने अहिले चौतर्फी तारिफ भईरहेको छ । प्युठान को बिकट गाउँमा जन्मेकी गायिकाको सांगीतिक रङ्गमञ्चमा राम्रो भबिस्य देखिन्छ ।

आसुँको कारखाना गितको शब्द सिर्जना पछी निकै चर्चामा रहेका पछिल्लो समयमा लोकदोहोरी क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउन सफल गायक तथा सर्जक मन्जित पहाडीको शब्द रहेको यस गित अनिश देवाडीको संगितमा तयार भएको हो संगित संयोजन पुर्ण संयोगले गरेको उक्त गितमा नव गायिका भावना मगरलाई स्वरमा चर्चित गायक कुशल बिश्बकर्माले साथ दिएका छन् ।

स्टुडियो मालश्रीमा रेकर्डिङ भएको यो गितलाई सागर बाजुराली,गोविन्द पराजुलीले रेकर्डिङ र खडक बाजुरालीले मिक्सिङ गरेका हुन् यो गित मन्जित पहाडीको आफ्नै युटुब च्यानल बाट बजारमा आएको छ ।

निशान बानियाको निर्देशन, राम केसीको क्यामेरा बाट तयार भएको भिडियोलाई सुजन कोईरालाले भिडियो सम्पादन गरेका छन् भने भिडियोमा निर्मला आचार्यको मेकप रहेको छ ।
भिडियोमा आशिष प्रताप जंङ र रिना गुरूङ साथै मन्जित पहाडीको सानदार अभिनय रहेको छ । video link

प्रकाशित मिति : २०८० फाल्गुन १४ गते सोमवार