अखिल (क्रान्तिकारी) तुलसीपुर उपमहानगरपालिकाको दोस्रो नगर सम्मेलन सम्पन्न भएको छ। आज साउन ३२ शुक्रबार तुलसिपुर स्थित B.S.S पार्टी प्यालेसमा अखिल(क्रान्तिकारी) तुलसिपुरका नगर संयोजक बोधराज विष्वकर्माको सभाध्यक्षतामा भएको सम्मेलन कार्यक्रमले हिमाल वलीको अध्यक्षतामा २९ सदस्यिय नगर समिति गठन गरेको छ कार्यक्रमका प्रमुख अतिथि एवम संगठनका केन्द्रिय उपमहासचिव सूर्य प्रकाश घर्तीले नव निर्वाचित नगर समितिका सम्पूर्ण सदस्यहरूलाई बधाई तथा सफल कार्यकालको शुभकामना दिएका छन्। त्यस्तै उनले नेपाल कम्युनिस्ट पार्टीका मेरुदण्डको रुपमा स्थापित अखिल (क्रान्तिकारी) विद्यार्थी संगठन अन्तर्गत नव गठित तुलसीपुर नगर समितिले अब शैक्षिक क्षेत्रमा भएका विकृत, विसंगति र व्यापारीकरण अन्त्य गर्दै वैज्ञानिक समाजवादी शिक्षा प्रणाली स्थापित गराउने कार्यमा महत्वपूर्ण जिम्मेवारी बहन गर्नुपर्ने बताए। साथै कार्यक्रमका विशिष्ट अतिथि शेशुराम भण्डारीले आम नेपाली विद्यार्थीहरुका साझा ढुकढुकी अखिल (क्रान्तिकारी) को कलम र तारा अङ्कित झण्डामुनि आबद्ध नव निर्वाचित नगर समितिले जस्तोसुकै परिस्थितिमा पनि आम विद्यार्थीहरुप्रती वफादार भई लक्षित कार्यक्षेत्रमा अघि बढ्न प्रेरित गर्नुका साथै बधाई तथा शुभकामना दिएका छन्। सम्मेलनबाट नव गठित तुलसीपुर नगर समितिका सम्पूर्ण सदस्यहरूलाई अखिल (क्रान्तिकारी) केन्द्रीय उपमहासचिव सूर्य प्रकाश घर्तीले सपथ ग्रहण गराएका थिए। अखिल (क्रान्तिकारी) तुलसीपुर उपमहानगरपालिकाको दोस्रो नगर सम्मेलन सम्पन्न भएको छ। आज साउन ३२ शुक्रबार तुलसिपुर स्थित B.S.S पार्टी प्यालेसमा अखिल(क्रान्तिकारी) तुलसिपुरका नगर संयोजक बोधराज विष्वकर्माको सभाध्यक्षतामा भएको सम्मेलन कार्यक्रमले हिमाल वलीको अध्यक्षतामा २९ सदस्यिय नगर समिति गठन गरेक कार्यक्रमका प्रमुख अतिथि एवम संगठनका केन्द्रिय उपमहासचिव सूर्य प्रकाश घर्तीले नव निर्वाचित नगर समितिका सम्पूर्ण सदस्यहरूलाई बधाई तथा सफल कार्यकालको शुभकामना दिएका छन्। त्यस्तै उनले नेपाल कम्युनिस्ट पार्टीका मेरुदण्डको रुपमा स्थापित अखिल (क्रान्तिकारी) विद्यार्थी संगठन अन्तर्गत नव गठित तुलसीपुर नगर समितिले अब शैक्षिक क्षेत्रमा भएका विकृत, विसंगति र व्यापारीकरण अन्त्य गर्दै वैज्ञानिक समाजवादी शिक्षा प्रणाली स्थापित गराउने कार्यमा महत्वपूर्ण जिम्मेवारी बहन गर्नुपर्ने बताए। साथै कार्यक्रमका विशिष्ट अतिथि शेशुराम भण्डारीले आम नेपाली विद्यार्थीहरुका साझा ढुकढुकी अखिल (क्रान्तिकारी) को कलम र तारा अङ्कित झण्डामुनि आबद्ध नव निर्वाचित नगर समितिले जस्तोसुकै परिस्थितिमा पनि आम विद्यार्थीहरुप्रती वफादार भई लक्षित कार्यक्षेत्रमा अघि बढ्न प्रेरित गर्नुका साथै बधाई तथा शुभकामना दिएका छन्। सम्मेलनबाट नव गठित तुलसीपुर नगर समितिका सम्पूर्ण सदस्यहरूलाई अखिल (क्रान्तिकारी) केन्द्रीय उपमहासचिव सूर्य प्रकाश घर्तीले सपथ ग्रहण गराएका थिए।
प्रकाशित मिति : २०८१ साउन ३१ गते शुक्रवार