रौतहट,
चन्दन कुमार महतो ।
मोनास्टिक इंटरनेशनल अकादमी विद्यालयले स्थापनाको ४औँ वर्षगाँठ भव्य रूपमा पालन गर्यो। विद्यालयको प्राङ्गणमा सम्पन्न वर्षगाँठ कार्यक्रममा विद्यालयका शिक्षक– शिक्षिका, विद्यार्थी तथा पूर्व विद्यार्थीहरूले विभिन्न मनोरञ्जनात्मक कार्यक्रमहरू प्रस्तुत गरे। यस अवसरमा अभिवाहक, रेड टेलिभिजनको प्रतिनिधि, तथा सी.एच.खबर को अध्यक्ष सञ्चारकर्मी चंदन महतो, श्रीराम खबरको संचालक सञ्चारकर्मी सोनुु कुमार महतो लगायत शिक्षक विभिन्न विद्यालयका प्रतिनिधिहरू, लगायत अन्य गणमान्य व्यक्तिहरू उपस्थित थिए। मोनास्टिक इंटरनेशनल अकादमीको आयोजनामा सम्पन्न गरिएको कार्यक्रममा विद्यालयका भूतपूर्व शिक्षक–शिक्षिका तथा पूर्व विद्यार्थीहरूलाई आमन्त्रित गरिएको थियो।
प्रकाशित मिति : २०८० माघ १८ गते बिहिवार