२०८१ जेष्ठ १ गते मङ्गलवार

तुल्सीपुर स्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड उपाधि गोरखा मा. वि. तुल्सीपुरलाई



माघ १५ तुलसीपुर उपमहानगरपालिका स्तरीय पाँचौ राष्ट्रपति रनिङ शिल्डको उपाधि गोरखा माध्यमिक विद्यालय तुलसीपुरले हात पारेको छ । गुरु जजुर नमुना मावि रक्षाचौर दाङको आयोजनामा माघ ११ गते सुरु भएको प्रतियोगिताका विभिन्न खेलमा उक्त विद्यालयले १८ स्वर्ण पदकसहित ७ रजत र ६ कास्य गरी ३१ पदक हात पार्न सफल भएको हो।
गुरु जजुर नमुना माध्यमिक विद्यालय रक्षाचौर दाङले सामुदायिक विद्यालयमा सर्वोत्कृष्ट खेल प्रदर्शन गर्दै उक्त प्रतियोगितामा ८ स्वर्ण, ७ रजत र ७ कास्य पदकसहित दोस्रो स्थान प्राप्त गर्न सफल भएको छ भने ६ स्वर्ण, ८ रजत र ६ कास्य पदक प्राप्त गर्ने ज्ञानज्योति माध्यमिक विद्यालयले तेस्रो स्थान हासिल गरेको छ। ६ स्वर्ण, ७ रजत र ११ कास्य पदक हासिल गर्ने सेन्टर माध्यमिक विद्यालय तुलपुरले सान्त्वाना स्थान हासिल गरेको छ।
उद्घाटन कार्यक्रममा मार्च पास तर्फ गुरु जजुर प्रथम, कला संस्कृतिका हिसाबले सप्तरंगी विद्यालय प्रथम र अनुशासन तर्फ हिमाल एकाडेमी प्रथम हासिल गर्न सफल भएका थिए। रनिङ शिल्डमा ३९ विद्यालयहरुको उपस्थिति रहेको थियो । एथलेटिक्सतर्फ त्रिपल जम्प, विभिन्न दुरीका दौडहरु लगायत भलिबल, कबड्डी खेलहरू सञ्चालन भएको थियो।
यसैगरी आगामी छैठौँ तुलसीपुर उपमहानगर स्तरीय राष्ट्रपति रनिङ शिल्ड अमर माध्यमिक बिद्यालयले आयोजना गर्ने जानकारी दिइएको थियो।
गुरुजजुर विद्यालयका विव्यस अध्यक्ष लोकमणि पोखरेलको सभापतित्वमा तुलसीपुर उपमहानगरपालिका प्रमुख टिकाराम खड्काको प्रमुख आतिथ्यतामा समापन कार्यक्रम भएको हो । कार्यक्रमको सहजिकरण शिक्षक प्रमोद कुमार न्यौपाने र लेवेन्द्र केसीले गर्नुभएको थियो।

फोटो फिचर:

प्रकाशित मिति : २०८० माघ १४ गते आइतवार