२०८२ बैशाख ५ गते शनिवार

वाइसिएल नेपाल तुल्सिपुर उपमहानगरपालिका काे अध्यक्ष मा : रमेश बस्नेत चयन



माघ १४ गते
वाइसिएल नेपाल तुलसीपुर_उपमहानगरपालिका को तेस्रो ऐतिहासिक सम्मेलन सम्पन्न भएको छ। उक्त सम्मेलनले ७९ सदस्य Ycl नगर कमिटि गठन गरेको छ। जसकाे अध्यक्ष: क. रमेश बस्नेत उपाध्यक्ष: दिबस परियार उपाध्यक्ष: सुरज पुन मगर उपाध्यक्ष: सोनु थापा उपाध्यक्ष: प्रकाश बिक उपाध्यक्ष: कृति भन्डारी सचिब : समिर शाह कोषाध्यक्ष: सिता वली सह-सचिव:रोमन के सि, हुमिराज चौधरी, टोप बहादुर चौधरी, अमृता बि क, प्रेम कवर लगायत चयन भएका छन
वाईसीएलअध्यक्ष विप्लव वलि अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो। पार्टीका केन्द्रीय निर्वाचन आयोग संयोजक कुबेर ओलीको प्रमुख आथित्यता तथा पार्टीका केन्द्रीय सदस्य एवं लुम्बिनी प्रदेशका अर्थमन्त्री धनबहादुर मास्की,YCl केन्द्रिय सचिब प्रबिन ओलिको विशिष्ट आथित्यतामा कार्यक्रम संचालन भएको थियो।त्यसैगरी अतिथिहरुमा YCL केन्द्रिय सदस्य माधब बस्नेत,पार्टिका केन्द्रिय सल्लाहकार शेसुराम भण्डारी ,पार्टीका लुम्बिनी प्रदेशका नेता मिलन डाङ्गी,तुल्सिपुर पार्टी इन्चार्ज प्रभात ओलि,पार्टी अध्यक्ष खुसिराम चौधरी पार्टी उपाध्यक्ष मोहन थापा,पार्टी सचिब तुलाराम भण्डारी,वाइसीएलका केन्द्रीय सदस्य माइकल गुरुर्ताल,हरिश गिरी,माधब बुढाथोकी लगाएतका थिए। कार्यक्रमका प्रमुख अथिती कुबेर ओलि ले पार्टीको नेतृत्वमा भएका कामहरुलाई जनतामा लैजानका लागि वाईसिएलको भूमिका महत्वपूर्ण हुने बताउनु भयो अर्थमन्त्री पाएपछि विकासले गति लिएको भन्दं यस्ले पार्टी प्रति जनताको आकर्षण बढेको बताए । अहिले पार्टीमा प्रवेशको लहर चलेको भन्दै यसले देशमै चर्चाको विषय बनाएको उनको भनाइ थियाे
कार्यक्रमको सहजीकरण वाइसीएलका नगरका सचिव देवराज वलिले गर्नु भएको थियो।

प्रकाशित मिति : २०८० माघ १४ गते आइतवार