-२० विश्वकप एशिया छनोटको सेमिफाइनल खेलमा नेपालले चिरप्रतिद्वन्द्वी यूएईलाई आठ विकेटले हराएको छ। यससँगै नेपाल विश्वकपमा छनोट भएको छ।
दश वर्षको पर्खाइपछि राष्ट्रिय क्रिकेट टोली विश्वकपमा पुगेको हो। अब नेपाल अर्को वर्ष अमेरिका र वेस्ट इन्डिजमा हुने टी-२० विश्वकपमा सहभागी हुनेछ।
यसअघि सन् २०१४ मा पारस खड्का नेतृत्वको नेपाली टोलीले पहिलो पटक बाङ्ग्लादेशमा विश्वकप खेलेको थियो।
शुक्रवारै भएको अर्को सेमिफाइनल खेलमा ओमानले बहराइनलाई १० विकेटले हराएर फाइनल पुगेको छ। अब फाइनलमा नेपाल र ओमानको
प्रकाशित मिति : २०८० कार्तिक १७ गते शुक्रवार