२०८१ चैत्र १ गते आइतवार

त्रिवेणी ७ रोल्पामा आधारभुत स्वास्थ्य केन्द्र स्थापना



स्वास्थ्य सेवाको पहुँच बढाउन त्रिवेणी गाउँपालिका सात राम्मिधारा रोल्पामा आधारभुत स्वास्थ्य सेवा केन्द्र स्थापना गरिएको छ । गाउँपालिकाको सक्रियतामा निर्माण गरिएको उक्त केन्द्रको आतवार वडा नं. ७ का वडा अध्यक्ष भान बहादुर घर्तीले उत्घाटन गर्नुभएको हो ।

साविकका ५ वटा गाविस मिलेर बनेको त्रिवेणी गाउँपालिकामा ७ वटा वडाहरु हरेका छन । साविकको गैरिगाउ गाविस अहिलेको ७ नम्बर वडा हो , यो त्रिवेणी गाउँपालिकाको एक ठूलो वडा भित्र पर्दछ ।
प्रत्येक वडामा १ स्वास्थ्य चौकि भएतापनि वडा भौगोलिक हिसाबले ठूलो भएकोले स्वास्थ्य सेवाको पहुँच बढाउन राम्मिधारामा आधारभुत स्वास्थ्य सेवा केन्द्र स्थापन गरिएको वडा अध्यक्ष भान बहादुर घर्तीले बताउनुभयो ।
यस अघि सोही वडाको ढोरेनि, साल्माजा, खबाङपाछा, कवर गाउँ , राम्मि, राम्मिधारा र त्रिवेणी १ को श्रीगातिना लगाएतका गाउकाको जनताहरुको लागि आधारभुत उपचारमा घन्टौ हिडेर तिला, दार्बोट जाने समस्या समाधान हुनेभएको छ ।
केन्द्र एक जना अहेबको नियुक्ति गरिएको छ । सो केन्द्रबाट आधारभुत स्वास्थ्य समस्याहरु उपचार तथा परामर्श हुने अहेब दिनेश बाठा मगरले बताउनुभयो ।
वडा नम्बर ७ वडा अध्यक्ष भान बहादुर घर्तीले आफ्नो वडामा स्थापना भएको आधारभुत स्वास्थ केन्द्रको स्तर बढाउन कुनै कसर नछोडिने उहाँले बताउनुभयो`अहिले सूरूवात गरेका छौँ , बिस्तारै केन्द्रको स्तर बढाउदै लानेछौँ । ´

प्रकाशित मिति : २०८० भाद्र २४ गते आइतवार