२०८१ माघ २४ गते शुक्रवार

कार्यकर्तालाई बिष्णु पौडेल गुटका नेताको धम्की , पूर्व मुख्यमन्त्री भन्छन् – गुट नगरौं



भदौ१४… एमाले लुम्बिनी प्रदेशको प्रथम अधिवेशन नजिकिँदै गर्दा दिनहुँ गुटका भेला हुन थालेका छन् ।पार्टी उपाध्यक्ष विष्णु पौडेल र महासचिव शंकर पोखरेलको टिमको नाममा नेताहरूले छुट्टाछुट्टै भेला र बैठकको आयोजना गरेका छन् । अध्यक्ष पदका आकांक्षीहरु बर्तमान अध्यक्ष राधाकृष्ण कडेंल र केन्द्रीय सदस्य हरि रिजाल चुनावी मैदानमा उत्रिएका छन्  । कडेंललाई पार्टी उपाध्यक्ष बिष्णु पौडेलको आशीर्वाद  र रिजाललाई महासचिव शंकर पौडेलको आशिर्वाद रहेको व्यापक प्रचार छ । अधिवेशन मिति नजिकिदै गर्दा गुटका भेलाहरु बढेका छन्  भने रस्साकस्सी र गरमागर्मी बढेको छ ।

यसै क्रममा एमाले लुम्बिनी प्रदेश अधिवेशन नजिकिदै जाँदा दुई पक्षबीच चर्को गुटबन्दी देखिएको छ । गुटबन्दी चर्को बन्दै जाँदा एकले अर्को पक्षलाई कमजोर पार्न धम्की र त्रास दिन थालिएको छ । यसले अधिबेशन अस्वस्थ हुने संकेत देखाएको छ।

एमाले रूपन्देही क्षेत्र नम्बर २ क्षेत्रीय कमिटीका संयोजक बाबुराम पन्थीले अश्लिल शब्द प्रयोग गर्दै धम्क्याएको अडियो सार्वजनिक भएको छ । उनले फेसबुकमा अध्यक्षका आकांक्षी राधाकृष्ण कँडेलले हार्न सक्ने भन्दै कमेण्ट र प्रतिक्रिया दिने एमाले कार्यकर्ता ऋषि रिजाललाई अश्लिल शब्दसहित धम्क्याएका छन् । ‘ए तिम्रो बाउको टाउको,…..तिम्रो मान्छे को छ बुटवलमा ?”—उनले भनेका छन् ।

बाबुराम तिनै हुन् , जसले एक वर्ष अघि भैरहवाकी एक महिलालाई अश्लिल शब्द प्रयोग गर्दै धम्क्याएका थिए । ती महिलाले त्यो अडियो सार्वजनिक गर्ने र प्रहरीमा उजुरी दिने बताएपछि “दिदी” भनेर माफी माग्छु , गल्ती भयो भन्दै रोएपछि थामथुम भएको थियो ।

यसैबिच भित्रभित्रै पार्टी उपाध्यक्ष बिष्णु पौडेलका उमेद्वार भनेर पहिचान बनाएका कंडेललाई ड्रिम ल्याण्ड होटलमा बसेर अध्यक्ष बनाउन मोर्चा कसेका लुम्बिनी प्रदेशका पूर्ब मुख्यमन्त्री लिला गिरीले प्रदेश अधिबेशनमा गुट नगरौ भनेर सामाजिक संजाल मार्फत आग्रह गरेका छन् ।

पोलिटब्युरो सदस्य समेत रहेका गिरी अहिले कित्ता परिबर्तन गरेर महासचिव पोखरेल क्याम्पबाट एकाएक उपाध्यक्ष पौडेल क्याम्पमा पुग्दा धेरै एमालेजन आश्चर्य चकित परेका छन् । पार्टी उपाध्यक्ष पौडेलका मुख्य दुत बनेर अध्यक्षमा कंडेललाई बनाउन लागि परेका गिरीले अध्यक्षका अर्का आकांक्षी रिजाल पक्षिय नेताहरूलाई संकेत गर्दै उक्त आग्रह सहित आफ्नो  फेसबुकमा पोष्ट्याए पछि हासोको बिषय बनेको छ। उनले फेसबुकमा भनेका छन् ।

प्रकाशित मिति : २०८० भाद्र १४ गते बिहिवार