
लुम्बिनी प्रदेश स्तरिय महिला तथा पुरुष रग्बी लिग प्रतियोगिता २०८० आजदेखि दाङको बेलझुन्डिमा सुरु भएको छ ।लुम्बिनी प्रदेश रग्बी संघको आयोजनामा संचालित प्रतियोगिताको उद्घाटन लुम्बिनी प्रदेश खेलकुद परिषदका सदस्य सचिव जयप्रकाश भट्टराईले गरे ।
उद्घाटन समारोह लाई सम्बोधन गर्दै सदस्य सचिव भट्टराईले मौगोलिक भुवनोट र हावापानीका दृष्टीकोणले पुर्ण लुम्बिनी प्रदेश लाई खेलकुदको गन्तव्यका रुपमा बिकास गर्नुपर्ने बताए ।
‘खेलकुद मावन स्वास्थ्यको अभिन्न अंग हो, देशको समृद्धीमा यसको महत्वपुर्ण भुमिका छ, त्यसैले आजैदेखि खेल विकासमा जुटौ सिङ्गो लुम्बिनी प्रदेश खेलकुदको गन्तव्य अवश्य बन्नेछ,’ उनले भने ।
सात वटै प्रदेशमा लुम्बिनी प्रदेश रग्बीमा अगाडि छ अव स्थानिय तहले ग्रमाणी स्तर बाटै खेल विकासको स्पष्ट खाँका कोर्दै पछिल्लो समय लोकप्रीय बन्दै गएको रग्बी खेलको विकासमा चासो र चिन्तन गर्नपर्ने उनको भनाई छ ।
लुम्बिनी प्रदेश रग्बी संघका अध्यक्ष नवीन थापाको अध्यक्षतामा भएको कार्यक्रममा तुलसीपुर उपमहानगरपालिकाका उपप्रमुख स्यानी चौधरीले विकास, अनुशासन र गतिशिलतालाई खेलाडीले उच्च आर्दशका साथ पालना गर्नुपर्ने बताइन् ।
हामी उपमहानगरपालिकाको निती तथा कार्यक्रममा शिक्षा जत्तिकै महत्वका साथ खेलकुदलाई स्थान दिनेछौ, अब उपमहानगरलाई कसरी खेलकुदमय बनाउन सकिन्छ भन्ने विषय हाम्रो उच्च प्राथमिकतामा रहन्छ,’ चौधरीले भनिन् ।
प्रतियोगिताको महिला तथा पुरुष बिजेता टिमले नगद ५० हजार, ट्रफी, मेडल प्रमाणपत्र हात पार्नेछ ।
भोलिसम्म चल्ने प्रतियोगितामा दाङ, बाके र बर्दिया जिल्लाका गरि महिला तर्फ ४ र पुरुष तर्फ ४ टिमको सहभागिता रहेको छ यसैबिच प्रतियोगिताको आज सम्म सम्पन्न खेल तालिकामा पुरुष र महिला तर्फ दुई खेलमा जित हात पार्दै बर्दिया आठ अंकका साथ शिर्ष स्थानमा रहेको छ । प्रतियोगिता अन्तर्गत भोलिका खेल बिहान ७ बजेदेखी सुरु हुने रग्बी संघ दाङका सचिव सन्तोष बुढाथोकीले जानकारी दिएका छन् ।