२०८० असोज १७ गते बुधवार

प्रेस चौतारी नेपाल रोल्पा शाखाको वार्षिक साधारणसभा सम्पन्न



प्रेस चौतारी नेपाल शाखा रोल्पाको वार्षिक साधारणसभा रोल्पाको होलेरीमा सम्पन्न भएको छ । वार्षिक साधारणसभाबाट होलेरि घोषणापत्र २०८० जारी गरेको छ । श्रमजीवी पत्रकारहरुको पेशागत र भौतिक सुरक्षाको ग्यारेन्टी गर्दै संविधानले प्रदान गरेको हक अधिकार कार्यान्वयन गराउन सम्बन्धित निकाय सँग जोडदार माग गर्ने,नेपाल पत्रकार महासंघले सुरु गरेको शुद्धीकरण अभियानलाई निश्पक्ष मर्यादादित ढंगबाट सम्पन्न गर्न यो भेला मार्फत माग गर्ने । ,श्रमजीवी पत्रकार ऐन कार्यान्वयन प्रति राज्य र सञ्चार माध्यम उदासीन भएको प्रति ध्यानाकर्षण गराउदै श्रमजीवी पत्रकार ऐन कार्यान्वयनको जोडदार माग गर्ने,जिल्लाका स्थानीय तहबाट प्रवाह हुने सार्वजनिक सुचना,जिल्ला बाहिरका सञ्चार माध्यममा गैरहेकोले यसलाई रोकेर जिल्लाका रेडियो ,पत्रिका ,अनलाइनमा समानुपातिक रुपमा उपलब्ध गराउने यो साधारणसभा जोडदार माग गर्ने ,घोराही,होलेरी,मैकोट सहिदमार्ग सडक निर्माणमा भएको ढिलाईले आम नागरिकले सास्ती भोग्नु परेकोले यसलाई तत्काल निर्माण सम्पन्न गर्न,यो साधारण सभा सम्बन्धित निकायलाई ध्यानाकर्षण गराउने जस्ता घोषणापत्रमा समावेश गरेको छ ।
साधारणसभाको अवसर पारेर संस्थापक अध्यक्ष दयाराम डाँगी लाई सम्मान गरेको छ ।
वार्षिक साधारणसभाबाट भुपेन्द्र बुढा अध्यक्षतामा१२ सदस्यीय रुन्टिगढि गाउँपालिका स्तरीय प्रेस चौतारी शाखा र कमला पुनको अध्यक्षतामा ८ सदस्यीय प्रेस चौतारी महिला विभाग पनि गठन गरेको छ ।
प्रेस चौतारी रोल्पाका अध्यक्ष तिलक घर्ती मगरको अध्यक्षता एवम् नेकपा एमाले रोल्पा जिल्ला कमिटी अध्यक्ष बालाराम बुढाको प्रमुख आथित्यता , प्रेस चौतारी नेपालका केन्द्रीय सदस्य टीका बस्नेत ,प्रेस चौतारी नेपालका केन्द्रीय सदस्य तथा रोल्पा जिल्ला इन्चार्ज मिलन गाहा र नेकपा एमाले लुम्बिनी प्रदेश कमिटी सदस्य गोपाल डागिको विशिष्ट आथित्यता, नेकपा एमाले रुन्टिगढि गाउँपालिका अध्यक्ष अमराज बस्नेत ,रेडियो सुनछहरीका स्टेसन म्यानेजर विरेन्द्र घर्ती , रेडियो सुर्यमुखिका अध्यक्ष हिरा डागि,रोल्पा सञ्चार प्रा.ली.का सञ्चालक नन्दराम खड्का, संस्थापक अध्यक्ष दयाराम डागि, प्रेस चौतारी नेपाल केन्द्रीय संगठन विभाग सदस्य बिमल डागि लगाएतको आथित्यता रहेको थियोे ,भने कार्यक्रमको सहजिकरण प्रेस चौतारी नेपाल जिल्ला शाखा रोल्पाका सचिव अमृत वलिले गर्नु भएको हो।

प्रकाशित मिति : २०८० जेष्ठ २१ गते आइतवार