बुटवल
आज लुम्बिनी प्रदेशको मन्त्रिपरिषद् विस्तार गर्ने तयारी भएको छ । मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले नेपाली कांग्रेस, जसपा र जनमत पार्टीका एक/एक जनालाई थपेर मन्त्रिपरिषद् विस्तार गर्न तयारी गरेका हुन् । यस्तै माओवादीबाट पनि एक जना मन्त्री थप्ने कसरत चलिरहेको छ । लुम्बिनी सरकारका प्रवक्ता तथा विना विभागीय मन्त्री सन्तोष पाण्डेयले आज विस्तार गरेर साँझ ४ बजेसम्म शपथ ग्रहण गराउने तयारी भएको जानकारी दिए छन।
उनले भने, ‘मन्त्रीमण्डल विस्तार गरेर आजै ३ पथग्रहण गराउने योजनामा मुख्यमन्त्रीज्यु हुनुहुन्छ ।’ शपथग्रहण प्रदेश प्रमुखको कार्यालय बुटवलमा हुने छ । स्रोतका अनुसार दाङका राजु खनाल, बाँकेका भण्डारीलाल अहिर र रुपन्देहीका चन्द्र केश गुप्ता मन्त्री बन्दैछन् । नेपाली कांग्रेसका खनाल दाङ क्षेत्र नम्बर २ (१) बाट, जसपाका अहिर बाँके क्षेत्र नम्बर २ (१) बाट र जनमत पार्टीका गुप्ता रुपन्देही ५ (२) बाट प्रदेशसभामा निर्वाचित भएका थिए । गुप्ता यसअघि सामाजिक विकास मन्त्री र अहिरचाहिँ कृषि मन्त्री बनेका थिए । खनालको भने नयाँ मन्त्री बन्दै छन