
तुलसीपुर । ज्ञानज्योती ईनोभेटिभ तुलसीपुरले दोश्रो हिरा डाँगी स्मृति कप आमन्त्रित फुटबल प्रतियोगिता २०७९ को उपाधि जितेको छ । फाईनलमा टरिगाउ युवा कल्वलाई पेनाल्टी सुटआउटमा ४-१ गाेल अन्तरले हराउँदै ज्ञानज्योतीले उपाधि जितेको हाे । प्रतियोगिताको उपाधि चुम्ने टिमले नगद १ लाख ५१ हजार पुरस्कार, कप, मेडल, प्रमाणपत्र हात पारेकाे छ । त्यस्तै उपविजेता टरिगाउ युवा क्लवले नगद ७५ हजार ५ सय, कप ,मेडल, प्रमाणपत्र हात पारेकाे छ ।
निर्धारित खेलमा १-१ गाेलकाे बराबरी भएपछि पेनाल्टी भएको थियोे । हिरा डाँगी फाउण्डेसन तुलसीपुर ५ को आयोजनामा संचालित प्रतियोगितामा सुरुवाति चरणमा टरिगाउ युवा क्लबले १-० काे अग्रता बनाएको थियोे । दाेस्राे हाफमा ज्ञानज्याेतिले १ गाेल फर्काउन सफल हुदा खेल बराबरकाे स्थितिमा गएकाे हाे । उल्लेख्य दर्शकले भरिएको अरनिको मैदानमा दाेस्राे हाफमा ज्ञानज्याेतिले दबावमा राखेर थियोे ।