२०८१ माघ २४ गते शुक्रवार

सरकारले जनयुद्ध दिवसका दिन (फागुन १) गते भाेलि साेमवार सार्वजनिक बिदा दिने निर्णय



सरकारले जनयुद्ध दिवसका दिन (फागुन १) गते भाेलि साेमवार सार्वजनिक बिदा दिने निर्णय गरेकाे छ ।

आज प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को बैठकले फागुन १ गते जनयुद्ध दिवसका दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ । बैठकले नेपालको राजनीतिक परिवर्तनमा जनयुद्धले पुर्‍याएको योगदानको कदर गर्दै सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।

२०५२ फागुन १ गतेदेखि सुरू भएको जनयुद्ध २०६३ मङ्सिर ५ गते विस्तृत शान्ति सम्झौतामा रूपान्तरण भएको थियो । जनयुद्धको नेतृत्वकर्ता पार्टी माओवादी केन्द्रले प्रत्येक वर्ष फागुन १ गतेलाई जनयुद्ध दिवसको रूपमा मनाउँदै आएको छ ।

प्रकाशित मिति : २०७९ माघ २९ गते आइतवार