२०८१ साउन ६ गते सोमवार

पल शाहलाई उपस्थित गराउन उच्च अदालत पोखराले आदेश



माघ २३
बालिका बलात्कार मुद्दामा सफाइ पाए पनि बाल यौन दुराचार मुद्दामा सजाय भोगिरहेका अभिनेता पल शाहलाई उपस्थित गराउन उच्च अदालत पोखराले आदेश दिएको छ ।
तनहुँ जिल्ला अदालतले उनलाई निर्दोष सावित गरे पनि नवलपुरले बाल यौन दुराचारमा साढे २ वर्ष सजाय सुनाएको हो । उच्चले दुवै पक्षलाई १५ दिनभित्र उपस्थित गराउन आदेश दिएको हो ।
नवलपुर जिल्ला अदालतको फैसला विरुद्ध सरकारी वकिलको कार्यालय र शाह पक्ष दुवैले उच्चमा पुनरावेदन दर्ता गरेका थिए । कामु न्यायाधीश डिल्लीराज आचार्य र ऋषि भण्डारीको संयुक्त इजलासले १५ दिनभित्र झगडिया झिकाउने आदेश दिएको हो 

प्रकाशित मिति : २०७९ माघ २३ गते सोमवार