रोशन क्षेत्री / आँखा पनि बडो अनौठा हुँदा रहेछन्। आकार फरक भए पनि बुझ्नै नसकिने,अचम्मका। धेरै बुझेको छैन मैले पक्कै आँखाको बारे। तर बुझेकै जतिमध्येको केही बुझाइबारे आज ओैँला चलाउँछु ।
धर्तीमा टेकेपश्चात् आँखा खोल्दा सबैलाई, सोझो हिसाबले भन्दा, अन्जानमै हसाउँन सकेका हुन्छौँ। फेरि जब प्रकृतिको अपरिवर्तनशील नियमकै कारण धर्तीबाट बिदाइ लिँदा आँखा सदाका लागि बन्द गरेर जानेरै पनि कसैलाई हसाँउन सक्दैनौँ। साँच्चै अनौठोको छ आँखाको बन्द हुने र खुल्ने कुरा।
आँखा सुरुमा खुल्ने र अन्तिमपल्ट बन्द हुने बिचको समयमा पनि लगातार आँखा खुल्ने र बन्द हुने त भइरहन्छ। बन्द भए पनि खुले पनि आँखाले देख्न भने कहिलै छोड्दैन श्वास छँदासम्म शरीरमा। के के देख्छ र कति कति अनि कसरी कसरी कहिल्यै कुनै कारणले, कहिल्यै कुनै कारणले… अनि अनौठा किसिमका आभाष गराइदिन्छन्, जस कारण कहिलै अनुहार हँसिलो हुन्छ त कहिलै अन्तरलाई अप्ठ्यारो।
लाग्छ कहिल्यै आफ्नो व्यक्तिगत जीवनलाई जाँच गर्दा, आँखा मेरा त त्यतै गएर अडिन्छन् जहाँ नजानु हुन्छ। त्यो देख्छन् जो म सायदै पाउन सक्छु (सक्दिनँ)। आफ्नो ओैकातको पनि ख्याल गर्दैनन् यी आँखाले मेरा। अरुको आँखालाई आँशु भन्ने तरलले भिज्न नदिन आफूलाई कहिलेकाहीँ अप्ठ्यारोमा पार्नुपर्दो रहेछ। यध्यपि कहिलै त यसो गर्दा नि अरुको आँखालाई हँसाउन सकिदो रहेनछ।
मेरो शिरका आँखा किन सधै त्यस्तो शिरका मान्छेका आँखामा पर्छन् जसलाई जीवनमा म पाउन सक्दिनँ? यो आफ्नो सवाल मेरो आफैँलाई। हेर्नोस् त आँखाको मनोमानी! कता डुल्छन्, डुल्छन। म आँट गरेरै पनि सम्हाल्न सक्दिनँ यिनलाई। अनि सताउँछन् यिनी मेरो तन,मनलाई। यी मेरा आँखाले उसको /अर्काको आँखालाई प्रेम गरेझैँ उसका/ अर्कैका आँखाले मेरा आँखालाई प्रेम गर्ने पालो कहिले आउला, कतै प्रतीक्षामै आँखा बन्द हुने हुन् कि सदाका लागि! यही कुराको पीर मानेर फेरि मेरा यिनै आँखा रसाउने गर्छन् नराम्ररी कसैले नदेख्दा।
बस्, बित्दै छ दिन आँखाले देख्दै कुराहरु अपेक्षित र अनेपेक्षित,सकेसम्म कसैको आँखा नभिजोस् आत्मै दुख्ने गरी, यसैको कामना गर्छु।
पाउन सकिनँ चाल अझैँ पराइ मलाई कसरी बुझ्छ खोजेँ लिन सकारात्मक सधै, कानमा जे जति गुँज्छ अझैँ नि प्रयत्न यसै निरन्तर,बानी यस्तो भएको म या यसको विपरीत सोच्ने तच्छ?
बुझ्नेले खै के बुझ्छ, लाग्छ कहिलै बुझ्नुपर्ने बुझ्दैन कि यहाँ कतै
‘MISUNDERSTANDING’ शब्द सुनिने गर्छ धेरै यो समय जताततै सजग हुनुपर्ला सायद सबै यस बारे, बिग्रिन सक्छ व्यवहार, सम्बन्ध नत्र, लागे कसैलाई यसको लतै नहुँदो रहेछन् गान्धी सबै, नहँदो रहेछन् सबै हिटलर आजै त रुप परिवर्तन गर्छन् मान्छे, झन् भोलिको के भर जति बदलिए नि बखतसँगै व्यक्ति, हुनुपर्छ,पर्छ थोरै त मान्छे भएसी मान्छेमा लाज अनि डर कसलाई, कतिलाई सम्झाउँ म के , सोच सबको यहाँ भिन् भिन्न त भिन्न यति, मान्छे या पशु गाह्रो नै पर्न थाल्यो चिन्न सघाउ त मलाई कोहि यसमा,नसकेर हे बरै, भएको छु हिजोआज त म असाध्यै खिन्न! बुझिनँ मैले नै या त बुझ्न नसकेकै हो साँच्चै अरुले म बारे अलमलको अलमलमै परेको छु अझैँ पनि म युवक अल्लारे
जे भए नि, बढ्ने सँगै अघि कसरी,अङ्ग अङ्गमा यदि नकारात्मक भाव थुपारे, बद्दि यसरी नै बिगारे ?
- p.o.s.i.t.i.v.e can’t we be…..