रोशन क्षेत्री/ थाहा छैन अँध्यारो भित्र मैले कति आँसु बगाएको छु.. जिउदै छु देखेर हास्छन दुनियाँ.. मैले टाउको टेकाउन राखेको सिरानी ले कति पल्ट मुहारलाई दबाएको छु ।।। थाकेको शरीर थकाई मार्न समेत मान्दैन आजकल…… रुन्छु एक्लै हास्छु भिडमा.. हस्दा हास्दै कति खेर गह भरिन्छन मेसो पाउदिन ।। कुन जुनिमा के पाप गरिछु खै.. रमाउन खोज्छु पीडा लुक्न समेत मान्दैन.. । । । एक्लोपन को लत लागेको हैन मलाई..एक्लै हुन्छु सधै यहि कुराको डर लागेको छ। अलि अलि पिडा त जसलाई पनि हुन्छ भन्नू बहाना हो.. जब मन दुख्छ तब कयौ भावनाहरुले मौनता को कफन ओडेका हुन्छन।।। रहर सबै मरिसके पछि शरिरका हरेक अङ्ग लाई जन हतार हुनेरहेछ ।।। भो नबुजाउ जिन्दगी को पाठ कसैले मलाई..!! कोठाको झ्याल मा टागेको कालो पर्दा भित्र रङ्गिन मेरो जिन्दगिलाई मैले कैद गरेको छु । । परेला भरी आँसु लिएर ऐना हेर्दा त्यति धमिलो देखिएको थिएन दुनियाँ जति मन मरेको यो शरीर घिच्याउदै मसानघाट खोज्दा मेरो प्रतिबिम्ब धमिलाएको थियो । । । दुखाईको कुनै आवाज निकालेको छैन मैले… टुटेको छु.. छरिएको मन कसैलाई देखाएको छैन मैले.. जे छ जे छु बस जिउदो लास छु.. कसैसङ केही आश अनि रहर छु बाकी राखेको छैन मैले ।।। आफ्नाले आफ्नो रङ्ग देखाउन थालेपछि हो मैले आफ्नो अस्तित्व लाई भुल्दै गएको । सन्सार जित्ने आशिष कमाएर मर्दा लास छोप्ने कफन किन्ने औकात बनाउन सकिन.. बस् यत्ती गुनासो छ मलाई जन्माउने बा आमालाई मैले आज सम्म टाउको दुख्दा खुवाउने औषधि किन्न सकिन… अरु सबै सपना हरु हराईसके.. बस् यत्ती छ मन मा मैले चाहेर पनि आफ्नो हत्या गर्न सकिन ।।। हावा स अलि अलि गर्दै बहदै गएका छन मेरा सबै खुशी…. जस्लाई चाहेर पनि म मेरो मुहारमा कैद गर्न सक्तिन ।। सम्हालिएर हिड्ने जरुरत छैन अब.. अग्नि को ज्वाला माथी मैले पैताला लाई अघि सारेको छु ।।। नभन्नु हुति हारा बनिछ.. यहि हिम्मत ले गर्दा हो मैले अचानो को चोट पाएर मैले जिउदो सिनो बनी जिन्दगी काटेको छु।(मनोभाव)
प्रकाशित मिति : २०८० असार ८ गते शुक्रवार