
माघ ०५ प्रतिनिधिसभाको बैठकमा सभामुखको लागि चुनावी प्रक्रिया सुरु भएको छ ।
सभामुखमा लागि सत्ता गठबन्धनका तर्फबाट नेकपा एमालेका सांसद देवराज घिमिरे र नेपाली कांग्रेसकी सांसद ईश्वरी न्यौपाने प्रतिस्पर्धामा हुनुहुन्छ ।
कुल २ सय ७५ सदस्यीय प्रतिनिधि सभामा सभामुख निर्वाचित हुन कम्तीमा १ सय ३८ सदस्यको मत आवश्यक पर्नेछ ।गठबन्धनमा रहेका माओवादीका ३२, एमालेका ७९, राष्ट्रिय स्वतन्त्र पार्टीका २० र राप्रपाका १४ गरेर एक सय ४५ मत सुनिश्चित रहेकाले एमालेका घिमिरेलाई बहुमत पुग्ने देखिन्छ ।
प्रकाशित मिति : २०७९ माघ ५ गते बिहिवार