२०७९ माघ १६ गते सोमवार

दाङमा जवरजस्ति करणीका फरार अभियुक्तलाई प्रहरीले १७ वर्ष पछी पक्राउ



दाङमा जवरजस्ति करणीका फरार अभियुक्तलाई प्रहरीले १७ वर्ष पछी पक्राउ गरेको छ । पक्राउ पर्नेमा जिल्लाको साबिक लालमटिया गा.बि.स. ५ र हाल राप्ती गाउँपालिका ४ जनकपुर निवासी ग्रिसमान चौधरी रहेको इलाका प्रहरी कार्यालय भालुबाङले जानकारी दिएको छ

चौधरीलाई जबरजस्ती करणी सम्बन्धि मुद्धामा पुनराबेदन अदालत तुल्सीपुर दाङले २०६२ साल असार ५ गते ५ बर्ष कैद सजाय सुनाएको थियो । त्यसपछी फरार रहेको उनलाई हिजो मंगलबार राप्ती गाउालिका ४ जनकपुर स्थित आफनै घरमा लुकीछिपी बसि रहेको अबस्थामा उक्राउ गरीएको प्रहरीले जनाएको छ । पक्राउ परेका उनलाई जिल्ला अदालत दाङमा पेश गरी कैद भुक्तानको लागी आज जिल्ला कारागार घोराही पठाईएका प्रहरीले जानकारी दिएको छ

प्रकाशित मिति : २०७९ माघ ४ गते बुधवार