२०८२ फाल्गुन २९ गते शनिवार

अमृतपुर खानेपानी संस्थाद्वारा तामाखानि मुहान गिठेपानि झाक्रिढुङ्गा मुहान कार्यक्रम सम्पन्न



अमृतपुर खानेपानी संस्थाले झाक्रीढुङ्गा मुहान क्षेत्रमा सरसफाइ कार्यक्रम सम्पन्न गरेको छ। मुहान संरक्षण तथा स्वच्छ र सुरक्षित खानेपानी सुनिश्चित गर्ने उद्देश्यसहित आयोजना गरिएको उक्त कार्यक्रम संस्थाका अध्यक्ष दशरथ ओलीको अध्यक्षतामा सम्पन्न भएको हो।

कार्यक्रममा संस्थाका उपाध्यक्ष, सचिव, कोषाध्यक्षलगायत अन्य पदाधिकारीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। साथै, अमृतपुर खानेपानी संस्थाका कार्यालय प्रमुख सुशील काफ्ले तथा इन्जिनियरसमेत कार्यक्रममा सहभागी थिए।

कार्यक्रमका क्रममा अध्यक्ष दशरथ ओलीले मुहान संरक्षणको महत्वमाथि प्रकाश पार्दै मुहानलाई सफा र सुरक्षित राख्नु सबैको साझा दायित्व भएको बताउनुभयो। उहाँले स्वच्छ खानेपानी उपभोक्तासम्म पुर्‍याउने लक्ष्यका साथ यस्ता कार्यक्रम आयोजना गरिएको स्पष्ट पार्नुभयो। अध्यक्ष ओली स्वयं कार्यक्रम स्थलमा खटिएर सरसफाइ कार्यमा सक्रिय रूपमा सहभागी हुनुभएको थियो।

स्थानीय जलस्रोतको संरक्षण गर्दै उपभोक्तालाई स्वच्छ, सुरक्षित र गुणस्तरीय खानेपानी उपलब्ध गराउने उद्देश्यका साथ यस्ता सरसफाइ तथा संरक्षण कार्यक्रमलाई आगामी दिनमा पनि निरन्तरता दिइने संस्थाले जनाएको छ।

प्रकाशित मिति : २०८२ माघ १३ गते मङ्गलवार